प्रचण्ड माधव समुहको जनप्रदर्शनबाट राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त

   २८ माघ २०७७, बुधबार १०:५१  

तराई टप संवाददाता
काठमाण्डौं, २८ माघ । नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा जनता आफनो पक्षमा रहेको भन्दै शक्ति प्रदर्शनमा उत्रिएका छन् ।
प्रचण्ड माधव समुहको कार्यकर्ताहरु सडकमा ओर्लिएपछि राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएका हुन् । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बुधवार बिहानै देखि डाइभर्सन सुरु गरिएको छ ।
ठूला गाडीहरुलाई चक्रपथ भित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ भने ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिदिएको छ । कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।
प्रचण्ड माधव समुहले केपी ओलीको असंवैधानिक कदमबाट मुलुकमा संघियता धरापमा रहेको भन्दै प्रतिगमन सच्याउन सडक संघर्षको माध्यमबाट संसद पुनरस्थापना गरेर छाड्ने अठोतका साथ आजको जनप्रदर्शनबाट प्रधानमन्त्री केपी ओलीको दिवा स्वप्न टुट्ने विश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै