आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट बिच “नगद रहित” सेवाका लागि सम्झौता

513 Shares

काठमाडौं, ९ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालि बिच “नगद रहित” सेवाका लागि एक कार्यक्रमको आयोजना गरेर सम्झौता भएको छ ।
भएको सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले संयुक्त रुपमा हस्ताक्षर गरेको हो ।
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार, बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमा सम्म चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट बाट नगद रहित हस्पिटलाईजेसन (नगद विना अस्पताल भर्ती) सुविधा प्राप्त गर्न सकिने छ ।
सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिका आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेड सँग आईजिआई औषधोपचार बीमा लेख खरिद गरी अस्पताल सँग बीमालेखको सिमा सम्म नगद रहित हस्पिटलाईजेशसको सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पताल सँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त हुने हुनाले ढुक्क भएर सेवा लिन आहवान गरिएको जानकारी प्रमुख कानुन विभाग तथा कम्पनी सचिव उमा जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार