कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक व्यक्तिको मृत्यु

   २० श्रावण २०७७, मंगलवार ०७:३४  

१६ साउन, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा गए राति थप एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ ।

साउन ६ गते उनलाई कोरोना संक्रमण पुष्टी भए पछि साउन ७ गते थप उपचारका लागी वीरगञ्जमा रहेको गण्डक अस्पतालमा भर्ना गरिएको थियो । अस्थायी कोरोनो विशेष अस्पताल गण्डकमा भर्ना भएका जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत भारतीय नागररिक थिए । मुटुको बिरामी रहेका उनको हिजो बाट स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । ‘मुटुको रोगी हुनुहुन्थ्यो, कोभिड लागेपछि अवस्था गम्भिर नै थियो,’ डा. उपाध्यायले भने, ‘आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार ग¥यौं तर बचाउन सकिएन ।’
बिहिवार बाटै स्वास्थ्यमा समस्या देखिन थाले पछि उनको भेल्टीनेटरमा राखेर उपचार भइरहेको थियो । लगातार रुपमा शरिरमा अक्सीजनको मात्रा कम हुँदै गए पछि उनको गए राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।
बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने यस्तै वीरगञ्ज–२ छपकैयामा घरमै मृत्यु भएका ६५ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै