रौतहट, १२ असार । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली काँग्रेसका रामअयोध्या राय यादव निर्वाचित भएको छ ।
नेपाली काँग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवार समनवय समितिको प्रमुखमा निर्वाचित भएको हो । प्रमुख पदमा यादवले २६ मत प्राप्त गर्यो भने उनका प्रतिद्धन्दी नेकपा एमालेबाट प्रमुखको उम्मेदवार शेरबहादुर पटेलले मात्रै ५ मत प्राप्त गर्न सके ।
उपप्रमुखमा नेकपा एसका उम्मेदवार महेश बैठाको पक्षमा २६ मत र उनका प्रतिद्धन्दी एमालेका प्रमिला देवको पक्षमा ५ मत प्राप्त भए । यस्तै सदस्यहरुमा मोज्जमिल्ल आलम, अशोककुमार झा, सर्पलाल प्रसाद यादव, कमलाकुमारी ढकाल, इन्दु देवी, विजलिया देवी र किरण देवी साह निर्वाचित भएकी छिन् ।
दलित सदस्यमा किरणदेवी साह निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय रौतहटले जनाएको छ । जिल्ला समन्वय समितिको कुल मतदाता ३६ जना मध्ये नेपाली काँग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्र गरेर २४ जना पक्षमा रहेको थिए । गत १० गते उम्मेदवारी दर्ता गराएपछि गठबन्धनको विजय सुनिश्चित थिए तर औपचारिक रुपमा विजयी घोषणा हुन मात्रै बाँकी रहेको थियो ।
गठबन्नबाट नेका प्रमुख सहित ५ पद, नेकपा एस उपप्रमुख सहित ३ पद र नेकपा माओवादी १ पदमा तालमेल गरेर निर्वाचनमा जाँदा गठबन्धनको विजय भयो ।
जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएका रामअयोध्या राय यादवले आफूलाई निकै खुशी लागेको र साथीहरुको विश्वासलाई पुरा गरेर देखाउने प्रतिक्रिया दिए ।