download zoom icon install zoom cloud meeting for windows 10 zoom b3 download zoom app firefox zoom app online open download zoom for windows msi installer why is pcr test taking so long

संसद विघटन विरुद्ध परेको रिट माथि आज देखि पुन ः बहस हुने

   २८ माघ २०७७, बुधबार ११:०३  

तराई टप संवाददाता
काठमाण्डौ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा संसद गरेपछित सर्वोच्च अदालतमा विघटन विरुद्ध परेको रिटहरु माथि आजदेखि पुन ः बहस सुरु भएको छ ।
न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगन गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो ।
संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दा माथि माघ ४ गते देखि निरन्तर बहस हुँदै आएको छ । प्रधानमन्त्रीको निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेकोे छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जना भन्दा बढी अधिवक्ताहरुले बहस गरेका थिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । त्यस विरुद्ध परेका रिट माथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरी दुवै पक्षको बहस सकिए पछि एमिकस क्युरीले आफ्नो राय दिने श्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै