तिब्बतलाई चिनियाँ सरकारले फोहर फाल्ने डम्पिङ साइट बनाइरहेकाे आरोप

243 Shares

ल्हासा । चिनियाँ सरकारको हेपहा एवं विस्तारबादी सोचबाट तिब्बतलाई अहिले डम्पिङ साइटको रुपमा प्रयोग गरिरहेको देखिन सकिन्छ ।
तिब्बती अधिकारवादीहरुले चीनले तिब्बतलाई फोहोर फाल्ने ठाउँमा परिणत गरेको आरोप लगाएका छन् । चीनका अन्य स्थानमा उत्पादन भएका फोहोरलाई तिब्बतमा फालेर चीनले तिब्बतको पर्यावरणलाई बिगारेको तिब्बती अधिकारवादीहरुको आरोप छ ।

पछिल्लो समय मौसम परिवर्तनका कारण तिब्बतको पर्यावरणमा नकारात्मक असर परिरहेका बेला तिब्बती अधिकारवादीहरुले चीन सरकारले तिब्बतलाई फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको आरोप लगाएका हुन् ।

तिब्बती पर्यावरणमा क्षति पुगेको तथ्य स्वीकार गर्नुको सट्टा चीन सरकारले जारी गरेको दस्तावेजमा अझ अघि बढ्नका लागि तिब्बतमा पर्यावरणमैत्री र दिगो रुपमा प्रोत्साहित कदम चाल्ने उल्लेख रहेको तिब्बत राइट्स कलेक्टिभ नामक तिब्बती अधिकारवादी संस्थालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

चीन सरकारले हालैमात्र ‘सन् १९५१ यताको तिब्बत : स्वतन्त्रता, विकास र समृद्धि’ नामक श्वेतपत्र जारी गरेको थियो ।

चीन सरकारद्वारा जारी यस दस्तावेजमा बाँध निर्माण, अन्य पूर्वाधार निर्माणका परियोजना समावेश भएपनि पर्यावरणबारे केबल एक अनुच्छेद मात्रै उल्लेख गरिएको अधिकारवादीको आरोप छ ।

तिब्बती पर्यावरणमा नकारात्मक असर पर्दै जाँदा त्यहँका हिमनदी पग्लिने, नदी सुक्ने, घाँसेमैदानको क्षति, बाढीजस्ता प्रकोप देखा परेको अधिकारवादीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार