लागुऔषध कारोबारीका लागि ट्रान्जिट प्वाइन्ट बन्दै सर्लाहीको ग्रामिण बस्ती

327 Shares

सर्लाही, १४ असार । भारत संग जोडिएको सर्लाहीको दक्षिणी नाकाहरुबाट लागु औषध सहितका प्रतिबन्धीत सामानहरुको ओसारपसार तिव्र रुपमा बढेको पाइएको छ ।
लागु औषधको अबैध कारोवारमा स्थानीय युवाहरु बढि संलग्न रहने गरेको यदाकदा लागु औषध संग पक्राउ पर्ने गरेकोबाट प्रष्ट भइरहेको हो ।
सर्लाहीको ग्रामिण भेग भएर लागुऔषधको ओसारपसार तिव्र रुपमा भईरहदा सर्लाही प्रहरीले पनि ग्रामिण भेगमा आफना ध्यान केन्द्रीत बनाउदा जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित चार जनालाई पक्राउ गर्न सफल भएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्वर १ को ग्रामिण सडक खण्डको गोरु बजारबाट ना ३७ प ४८९५ नम्बरको मोटरसाइकलमा सवार स्थानीय २० बर्षीय जितेन्द्र कुमार महतो र २४ बर्षीय रबीन कुमार महतोलाई १० किलोग्राम गाँजासहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीलाई शंका लाग्दा रोकेर चेकजाँच गर्दा स्याउको खाली कार्टुन भित्र कालो प्लास्टिकले बेरिएर प्याक गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी विजय यादवले बताए ।
यसैगरी मलंगवा नगरपालिकामा सिमापारी भारतबाट आउदै गरेको अवस्थामा चेकजाँच गर्दा १५० थान प्रतिबन्धित नाइट्रोभेट ट्याबलेट सहित रौतहट चन्द्रपुर नगरपालिका २ का १९ बर्षिय सुमित चौधरीलाई पक्राउ गरिएको छ । सर्लाहीकै कविलासी नगरपालिका वडा नम्वर ८ मा पैदल यात्रीलाई शंकाको आधारमा चेकजाँच गर्द १२ सय थान नाइट्रोभेट ट्याबलेट सहित पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी यादवले जानकारी दिए ।
सुनसरी जिल्ला धरान नगरपालिका वडा नम्वर ७ का २० बर्षिय युवा एलिक्स राईलाई सहित चारैजनालाई प्रहरी हिरासतमा राखेर लागुऔषध ओसारपसार ऐन अन्तर्गत म्याद थप गरेर आवश्वयक अनुसन्धान गरिरहेको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।