ल्हासा (एजेन्सी) । दक्षिण–पश्चिम तिब्बत क्षेत्रको उच्च स्थानमा बसोबास गर्ने करिव १७ हजार बढी नागरिकलाई चिनियाँ सरकारले स्थानान्तरण गरिने भएको छ ।
उनीहरुको जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण गर्न सो स्थानका १७ हजार ५ सय ५५ नागरिकलाई नाग्कु सहरमा स्थानान्तरण गरिन लागिएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको गरिबी निवारण कार्यक्रमले विकासको पूर्वाधारमा पु¥याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकीकृत बस्ती बनाइ उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीतिअन्तर्गत हजारौं नागरिकहरु स्थानान्तरण हुँदैछन् ।
आगामी डेड महिनामा समुद्री सतह भन्दा ४ हजार ५ सय मिटर माथिको औसत उचाइ भएका ठाउँहरूबाट स्थानीयहरूलाई ३ हजार ६ सय मिटरको उचाइ रहेको साना सहरमा ल्याइनेछ । ‘स्थानान्तरण योजनाले पर्यावरणीय सुरक्षा र उत्तम जीवनको मानिसहरूको दुवै मागलाई ध्यानमा राख्दै जन–केन्द्रित विकास विचार प्रतिबिम्बित गर्छ,’ राष्ट्रपति सीले भनेका छन् ।
तिब्बतको एक सयभन्दा बढी सहरमा सञ्चालित स्थानान्तरण योजनाले आठ वर्षमा एक लाख ३० हजार नागरिकको जीवनयापनलाई परिवर्तन गरेको बताइएको छ । तर स्थानान्तरणको आडमा अधिकाँश नागरिकलाई श्रम शिविर राख्ने गरेको कतिपय एजेन्सीहरुले जनाएपनि चिनियाँ सरकारको विस्तारवादी नीतिको अघि बास्तविक कुराहरु बाहरि आउदैनन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन