zoom offline download msi zoom us cloud meeting download zoom app banned in india zoom.us app download free zoom meeting free download for pc

सन्की प्रधानमन्त्रीको प्यादा राष्ट्रपति बनेको ः नेकपा नेतृ रामकुमारी झाक्राीको आरोप

   २८ माघ २०७७, बुधबार १६:४५  

तराई टप संवाददाता
काठमाण्डौं, २८ माघ । नेकपा दहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सन्की प्रधानमन्त्रीको प्यादा राष्ट्रपति बनेको आरोप लगाएकी छिन् ।
प्रतिनिधि सभा विघटनको विरोधमा दहाल नेपाल समूहद्धारा बुधबार राजधानीमा आयोजना गरिएको वृहद जनप्रदर्शनमा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा तानाशाह एवं सन्की प्रधानमन्त्रीको प्यादा बनेर देशलाई अस्तव्यस्त पारेको आरोप लगाएकी हुन् ।
राष्ट्रपति जस्तो सम्मानित जनताको धरोहरलाई जुन हजारौं जनतको खुन पसिना एवं बलिदानीबाट स्थापित भएको संस्थालाई सन्कीको हातमा सुम्पेर मुलुकमा अराजक फैलाउने काम गर्ने त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।
‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्र विरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खाले पात्र विरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’ उनले प्रश्न गरिन । ‘महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भइन, उनीहरुको हत्या भएको छ’ उनले अघि भनिन् ।
राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै विरोध भएको तर्फ इंग्गित गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्ति विरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै