रौतहट, १४ असार । बर्षौ देखि बसोबास गरिरहेको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीका जनताहरुको नाममा जग्गा पास गराउन गाउँपालिकाबाट यथोचित पहलको सुभारम्भ भएको छ ।
दोश्रो कार्यकालको लागि वडाअध्यक्ष निर्वाचित भएका धर्मेन्द्रकुमार झा (डिके झा) को पहलमा गाउँपालिका अध्यक्ष शम्भु सिंहले भूमि आयोगको पदाधिकारीहरु संग छलफल गरेर विधिवत रुपमा जग्गामा बसोबास गरिरहेका व्यक्तिहरुको नाममा लालपुर्जा बनाउने कार्यको सुभारम्भ गरिएको हो ।
सुकुम्बासी भुमिहिन दलित एवं अव्यवस्थित बसोबासहरुको लालपुर्जा बितरणको प्रक्रियाको मंगलवार बिधिबत रुपमा एक समारोह बीच भुमि आयोग तथा दुर्गा भगवती गाउँपालिका बिच सम्झौता भएका छन् ।
चाँडै भुमि आयोग बाट सुचना प्रकाशित गरेर व्यक्तिको नाममा नामसारी गर्ने प्रक्रिया सुरु हुने बुझिएको छ । गाउँपालिका अध्यक्ष सिंहले पालिका भित्र बसोबास गरिरहेका मत्सरीबासीको लागि नाममा जग्गा गराउनुका साथै अन्य भुमिहिनहरुलाई यसको फायदा पुग्ने विश्वास व्यक्त गरेको वडाध्यक्ष डिके झाले जानकारी दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन