निजगढ, १४ असार । नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा सर्बोच्च अदालतको फैसला माथि न्यायाधिशहरुले पुनर विचार गर्नुपर्ने बताए ।
सर्बोच्चको फैसलाको विपरित निजगढमा जारी रहेको रिले अनसनलाई मंगलवार सम्बोधन गर्दै नेता साहले सरकारले अन्तरराष्ट्रिय विमान स्थल बनाउनका लागि थुप्रै लगानी गरेर पुर्वाधारको तयारीमा जुटेको वेला एकाएक सर्बोच्चबाट नबनाउने सम्बन्धमा आएको फैसलाबाट सिंगो मधेश प्रदेश सहितका पहिचानलाई ओझेलमा पार्ने भएको हुँदा न्यायाधिशहरु पुनरविचार गरेर निर्माणलाई निरन्तरता दिनुपर्नेमा उलने जोड दिए ।
रिले अनसनबाट अब काम नचल्ने यसभन्दा पनि अगाडीको कदम उठाउन यहाँको जनता बाध्य हुने तथा कुनै वेलाको आक्रोश पोखिन सक्छ त्यसैले अहिले सरकारबाट सबै कुरामाथि विचार गरेर विमानस्थलको निर्माणमा भईरहेको अवरोधलाई खुकुलो पार्दै निर्माण कार्यलाई अघि बढाउनुपर्ने सुझाव दिए ।