अहिले सम्मको अत्यन्तै कमजोर अवस्थामा पुग्यो नेपाली रुपैया

237 Shares

रौतहट, १५ असार । अहिले सम्मको कमजोर अवस्थामा नेपाली रुपैया पुगेको छ ।
अत्याधिक मागका कारण अमेरिकी डलरको भाउ आकासिदै जाँदा नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले बुधवारका लागि निर्धारण गरेको डलरको बिक्री दर अनुसार अब एक डलर खरिद गर्दा १२६ रुपैयाँ ३४ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्ने छ जुन अहिले सम्मकै नेपाली रुपैयाँको कमजोर अवस्थामा रहेको दर्शाउछ ।
रुस युक्रेन युद्धका कारण महँगो भइरहेको डलरको भाउका कारण पछिल्लो तीन महिनायता डलरको मूल्य बढ्ने क्रम जारी रहेको छ । गत साता हालसम्मकै उच्च डलरको बिक्री दर १२५ रुपैयाँ ६६ पैसा थियो । तर झण्डै एक साता सम्म केही पैसाले घटेर स्थिर रहेको डलरको मूल्य बुधबार भने पुनः बढेर नयाँ कीर्तिमानीमा पुग्यो ।
डलरको भाउ बढ्दा भारतीय रुपैयाँ प्रत्यक्ष रुपमा अवमूल्यन भइरहेको छ । भारतीय रुपैयाँ सँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ भारतीय रुपैयाँ सँगै प्रभावित बनिरहेको अर्थ विज्ञहरु बताउँछन् ।
डलरको मूल्य आकासिदा अध्ययन तथा भ्रमण र आयातका लागि नेपालीले खर्च गर्नुपर्ने रकमको भार थपिने छ । डलर सञ्चिती र शोधानान्तर घाटा झेलिरहेको नेपालको अर्थतन्त्रलाई रुपैयाँको अवमूल्ययन अर्को एउटा प्रमुख चुनौती हुने विज्ञाहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार