free zoom app for computer zoom msi silent install vn zoom windows 10 download zoom meetings app free zoom cloud meetings app download for pc zoominfo technologies share price zoom app download for pc windows 10 pro 64 bit why is my pcr test taking so long scotland - why is my pcr test taking so long scotland

जनप्रदर्शन कस्तो हुन्छ हेर्नु केपी जी, निर्वाचन आयोगलाई खुटा नकमाउन प्रचण्डको उदघोष

   २८ माघ २०७७, बुधबार १७:०१  

तराई टप संवाददाता
काठमाण्डौं, २८ माघ । नेकपा दहाल नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको साथ भएमा विरोध प्रदर्शन कस्तो हुन्छ हेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।
विघटित प्रतिनिधि सभाको विरोधमा दहान नेपाल समूहद्धारा बुधवार राजधानीमा आयोजित वृहद जनप्रदर्शनमा बोल्दै प्रचण्डले जनताको साथ भएमा प्रदर्शन कस्तो हुन्छ देख्नु भयो केपी जी ?’
उनले अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने पनि चेतावनी दिए । प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरे । ‘यो उपस्थितिले अदालतलाई सहज भएको स्पष्ट पारे ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुट्टा नकमाउन निर्वाचन आयोगलाई सचेत गराए । प्रधानमन्त्री ओलीले आयोगमा गएर धम्क्याएकै भरमा खुट्टा नकमाउन समेत उनले आग्रह गरेको हो ।
जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटीको ७० प्रतिशत बहुमत सदस्यहरु आफूसँग रहेको बताउदै ३० दिने हदम्याद कट्यो भन्नु काइते तर्क भएको भन्दै उनले भने, संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने ठोकुवा गरे । प्रधानमन्त्रीले भने अनुसार गर्न सजिलो नठान्न पनि निर्वाचन आयोगलाई सचेत गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै