प्रेमजालमा महिलालाई फसाएर सुन लुट्ने व्यक्तिलाई रौतहट प्रहरीद्धारा पक्राउ

363 Shares

रौतहट, १५ असार । महिलालाई प्रेमजालमा फसाएर चन्द्रपुर स्थित पराठा एण्ड गेष्ट हाउसमा ल्याएर दुई लाख ९० हजारको सुनको गहना लुटेर फरार रहेका ३६ बर्षिय युवकलाई रौतहट प्रहरीले पक्राउ गरेर कारवाही अगाडी बढाएको छ ।
समाजिक संजालको माध्यमबाट प्रेमजालमा महोत्तरीका एक महिलालाई चन्द्रपुर ४ स्थित चपुर पराठा एण्ड गेष्ट हाउसमा रेडबुल खान दिई बेहोस भएपछि निज महिलाले लगाएको सुनका गरगहनाहरु लुटेर बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्वर ४ खुटवा प्रसौनीका ३६ बर्षिय महमद रफिक रायभटलाई रौतहट प्रहरीले गहन अनुसन्धान पछि मंगलवार समातेर हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
गत बैशाख ५ गते १.३० बजेको समयमा चपुर पराठा एण्ड गेष्ट हाउसमा एक अपरिचित व्यक्तिले महोत्तरी बस्ने महिलाको नाममा कोठा बुक गरेर ल्याएका थिए । ति महिलालाई रेडबुलमा नसाको औषधी मिलाएर खुवाउदा उनी वेहोस भएपछि महिलाले कान, मंगलसुत्र, सुनको तिलहरी, सुनको मुन्द्रा द्ध थान गरेर करिव २ लाख ९० हजार बराबरको गहना लिएर फरार भएको प्रहरी रिपोर्टमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।
प्रहरीको गहन अनुसन्धानको क्रममा जिल्ला बारा प्रसौनी गा.पा. वडा नं. ४ खुटवा प्रसौनी बस्ने भाट उक्त देखि घटना घटाई फरार रहेको भनी बुझीन आएकोले पक्राउ गरेर अदालतबाट म्याद थप गराएर आवश्यक अनुन्धान भईरहेको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार