काठमाडौं – अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए फ्लिन जंगी अड्डा पुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ फ्लिन बीच जंगी अड्डामा नै भेटवार्ता भएका हुन् ।
उनीहरुबीचको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको जनाइएको छ । सोही क्रममा फ्लिनले जंगी अड्डाको भ्रमण पनि गरेका छन् ।
फ्लिनले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् । फ्लिन प्रधानमन्त्री देउवालाई भेट गर्न सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीचको भेटवार्तामा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
फ्लिन शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट र आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन