नेता तथा कार्यकर्ताहरु रौतहटबाट गएर राजधानीमा ओली विरुद्ध चर्का नाराबाजी गर्दै सडक तताए

1028 Shares

तराई टप संवाददाता
काठमाण्डौं, २८ माघ । प्रतिगमन तथा प्रतिनिधि सभा विघटनको विरुद्धमा गरिएको विरोध प्रदर्शनमा रौतहटका शिर्ष नेताहरु राजधानीमा विहानै देखि सडकमा प्रदर्शनमा उत्रिएका थिए ।


नेकपा दहाल नेपाल समूहद्धारा वुधवार आयोजित विशाल विरोध सभामा रौतहटको १८ वटा स्थानीय तहबाट शिर्ष नेता एवं कार्यकर्ताहरुको भिडभाडले राजधानीको सडक तताउदै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी गरेका हुन् ।
दहाल नेपाल समुहको जिल्ला इन्चार्ज युवराज भटराई (समिर), पूर्व साँसदहरु अशोक जयसवाल, सत्यनारायण भगत विन, देवेन्द्र पटेल, रामकुमार भटराई, युवा नेता एवं समाजसेवी शम्भु साह, युवा नेता धर्मेन्द्रकुमार झा (डिके), युवा नेता शम्भु सिंह, नागेन्द्र यादव, जयप्रकाश जयसवाल सहितका हजारौं नेता तथा कार्यकर्ताहरुले रौतहटबाट राजधानीमा प्रदर्शन गरेका छन् ।

 

सम्बन्धित समाचार