भनिन्छ इच्छाशक्ति भएमा जुनसुकै कार्य गर्न सकिन्छ, आफनो दायित्व निर्वाह गरेर कार्यरत रहेका संस्थालाई जोगाउने कार्य गर्ने इच्छाशक्ति सबैमा हुनु पर्दछ तर अचेल त्यसता व्यक्ति पाउन गाह्रो छ तर असम्भव छैनन् । रौतहट जिल्लाको नाम हरेक क्षेत्रमा लिने गरिन्छ चाहे राम्रो होस वा खराव, कुनै वेला नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र गौर त्यसतै चुहावटको सुचीमा धेरै अगाडी थिए तर वितरण केन्द्र प्रमुखमा जिल्लावासी आएपछि वितरण केन्द्र गौरको मुहार फेरिको छ । मधेश प्रदेशमै सबै भन्दा बढि राजस्व संकलन गर्न सफल भएका छन् ।
नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गौरले धेरै दिन देखि बम्यौता रकम नतिरेर कालो सुचीमा परेका, विद्युत चहावट लगायत कानुन विपरित कार्य गरेकाहरु संग दण्ड जरिवाना एवं कारवाही गर्दै असार १५ सम्ममा सबा ६ करोड भन्दा बढी रकम असुल उपर गरेको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौर शाखाको अनुसार लामो समयसम्म विद्युत महशुल भुक्तानी बाकी राखेका १५८४ ग्राहकको लाइन काटेर ५ करोड २१ लाख ९७ हजार ११५ रुपैया १२ पैसा असुल गरेको छ । विभिन्न व्यक्ति वा संघसंस्थाहरुले मिटर लिएर पनि विद्युत हुकिंग गरेर चुहावट गर्दै गरेको अवस्थामा ४४५ ग्राहकलाई कारवाही गर्दा ७५ लाख ४०८ रुपैया जरिवाना असुल गरिएको हो ।
यसै गरी लामो समय देखि विद्युत महसुल नतिरेर कालो सुचीमा परेका ४२७ जना मध्ये २७ जनाबाट १२ लाख ९१ हजार ६३७ रुपैया ८३ पैसा असुल गरिएको जानकारी दिदै वितरण केन्द्र गौरका प्रमुख एवं इन्जिनियर विजय महतोले बताए ।
यसै गरी लामो समय देखि विद्युत महसुल नतिरेर कालो सुचीमा परेका ४२७ जना मध्ये २७ जनाबाट १२ लाख ९१ हजार ६३७ रुपैया ८३ पैसा असुल गरिएको जानकारी दिदै वितरण केन्द्र गौरका प्रमुख एवं इन्जिनियर विजय महतोले बताए ।
चुहावट गर्ने व्यक्तिहरुको साथबाट पानी तान्ने मोटर लगायतका विभिन्न विद्युतिय उपकरण तथा तारहरु बरामद गरेको उनले भने । यस्तै मिटर बन्द भएर पुन ः बदलेर नयाँ जडान गर्दा १८ लाख ४२ हजार ६२१ रुपैया २५ पैसा राजस्व संकलन भएको जानकारी दिए । कालो सुची, विद्युत चुहावट, बन्द भएको मिटर बदलेर नयाँ मिटर जडान गरेको, लाईन काटेर कारवाही गरेको गरेर ६ करोड २८ लाख ३१ हजार ७८२ रुपैया ५० पैसा रकम संकलन गरिएको जुन प्रदेशमै सबैभन्दा बढि रकम असुल गरिएको वितरण केन्द्र प्रमुख महताले भने ।
अहिले पनि कालो सुचीमा रहेका ४०० जनाबाट करिव एक करोड बक्यौता रकम असुल उपर गर्न बाँकी रहेको जानकारी दिदै इन्जिनियर महतोले प्रशारण लाईन बाहेक विद्युत लौस २६.३५ प्रतिशत रहेको छ जुन गत बर्षको तुल्नामा ३ प्रतिशतले घटेका छन् । गत बर्षको विद्युत लौस २९.१२ प्रतिशत रहेको उनले भने ।
वितरण केन्द्र गौर शाखा मधेश प्रदेशमै बक्यौता रहेका ग्राहकहरुबाट सबै भन्दा बढी विद्युत महशुल उढाउन सफल भएको छ । विद्युत सुविधा चाहिएका नयाँ ग्राहकहरुको माँग अनुसार नयाँ मिटर प्रदान गर्ने कार्य भइरहेकोले ग्राहकलाई कुनै असुविधा नभएको उनले बताए । “चुहावाट गरेर विद्युत उपभोग गर्ने सर्वसाधारण ग्राहक तथा फर्महरुलाई धमाधम कारवाही प्रक्रिया अगाडी बढाएका छौं” वितरण केन्द्रका प्रमुख महतोले भने । “चुहावट नियन्त्रण गर्न प्राधिकरणको टोलीहरु हरपल फिल्डमा खटिएर चेकजाँच लाई तिव्र बनाएको कारण विद्युत चुहावटमा निकै कमी आएको उनले स्पष्ट पारे” ।
सुरक्षाकर्मी र वितरण केन्द्रबाट प्राविधिकहरुको संयुक्त टोलीले गाँउघरमा विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरेर सामान जफत गर्ने र जरीवाना समेत गराउन थाले पछि जिल्लामा चुहावटको दर निकै कम भएको उनले बताए । विद्युतको उपभोग गरिरहेका ग्राहक महानुभावहरुलाई विद्युत चुहावट नगर्न, समयमै विल अनुसारको रकम तिरेर सभ्य नागरिकको परिचय दिन वितरण केन्द्र प्रमुख महतोले अनुरोध गरे ।