रौतहट, १७ असार । गौर नगरपालिकाको मेयर पदमा निर्वाचित भएपछि नगरप्रमुख शम्भु साहको काम र कारवाहीबाट अधिकाँश नगरवासीहरु खुशी एवं परिवर्तनको अनुभूती गरिरहेका छन् ।

शिक्षामा देखिएका विकृति विसंगतीलाई न्यूनीकरण गर्दै अघि बढिरहेकै समयमा विकास निर्माणको काममा वर्तमान मेयर साह अग्रसर भएर अहिले लागिपरेका हुन् । नेकपा एसको टिकटबाट निर्वाचित भएका मेयर साहले गौर नगरवासीलाई परिवर्तनको अनुभूति दिलाउन विहान देखि वेलुका सम्म खटेर कामकाजलाई प्राथमिकताका साथ अघि बढाएको पाइएका छन् ।
यसैक्रममा गौर नगरवासीलाई बाढीको जोखिमलाई कम गर्न लाल बकैया बाँधको ४ वटा स्थानमा ६० लाखको बजेटबाट डण्डी राखेर पक्कि ढलाको कार्यलाई तदारुक्ताका साथ अघि बढाएको छ । ट्रेक्टर लगायतको सवारी साधनको प्रयोगले गर्दा बर्षेणी बाँधमा बाटो बनाउने कार्यबाट बर्षा याममा बाढीको जोखिम रहने गरेको तथा प्रत्येक बर्ष माटो पुर्नुपर्ने समस्याबाट छुटकारा दिलाई दिर्घकालिन रुपमा समाधान गर्ने हेतु सुवर्णामाई, टिकुलियामा २ स्थान र बानेश्वर महादेव स्थान नजिक बाँधमा चढ्न र ओर्लिनका निमित्त आसिसि ढलान कार्य युद्धस्तरमा भईरहेको छ । त्यती मात्रै नभई सुवर्णामाई देखि उत्तरमा बाँधमा प्वाल परेको भत्किएको कार्यहरुलाई इटाको टुक्रा हालेर मर्मत कार्य समेत गरिएको छ ।
“जनताबाट चुनिएर आएका छौं, जनताको कामहरुलाई आवश्यक्ताको सुचीमा राखेर पहिलो प्राथमिकताका साथ गर्ने छौं, नगर प्रमुख शम्भु साहको प्रतिबद्धता ।
“जनताबाट चुनिएर आएका छौं, जनताको कामहरुलाई आवश्यक्ताको सुचीमा राखेर पहिलो प्राथमिकताका साथ गर्ने छौं, बर्षाको समयमा बाढी डुवानबाट नगरवासीलाई सुरक्षीत राख्नुपर्ने अभियानमा सम्पूर्ण नगरवासीको साथ सहयोगको आवश्यक्ता रहेको छ, केही व्यक्तिहरु विरोध गर्न र काम काजमा अवरोध सृजना गर्न मात्रै जानेका छन् तर त्यसबाट काम काजमा कुनै असर नपर्ने नगरप्रमुख साहले भने ।” नयाँ आर्थिक बर्ष देखि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई बढि फोकस गरेर नगरवासीलाई परिवर्तनको पूर्ण अनुभूती गराउने प्रतिबद्धता जनाए ।
सामान्य बर्षाबाट २ दिन सम्म गौर जलमग्न हुने गरेको अवस्थालाई समाप्त पारिएको छ, नालाहरुलाई सफाई गरेर पानी निकास गरिएको, होचा स्थानहरुमा तत्काल ग्रावेल राखेर सर्वसाधारणलाई बजार सम्म पुग्न ग्रावेल गरिएको, शिक्षालाई गुणस्तरिय बनाउन सम्बध विद्यालयहरुलाई कडाईका साथ पठनपाठन गराउन निर्देशन दिइएको, स्वास्थ्य संस्थाहरुलाई अनिवार्य रुपमा समुचित स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने सुझाव एवं निर्देशन दिइएको समेत उनले भने ।
आशा छ, नगरवासीको साथ र सहयोग भएमा पहिलाको गौर आउदौ ५ बर्ष पछिको गौरमा धेरै भिन्नता पाउनेहुने जस्ता प्रतिबद्धता जनाए । लाल बकैयाको बाढीबाट बाँधलाई सुरक्षित राख्न सम्भावित चार स्थानमा आरसिसि ढलानको विहिवार साँझ अनुगमन निरीक्षण गर्ने क्रममा नगरप्रमुख शम्भु साह, प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साह सहित प्राविधिकहरु ।
विकास निर्माणको कार्य भईरहेको अवस्थाको केही तस्वीर फिचरहरु





बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन