नम्वर नखुलेको सवारी सधानको ठक्करबाट हरिवनमा युवकको मृत्यु

231 Shares

सर्लाही, १७ असार । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको हरिवनमा नम्बर नखुलेको सबारीसाधनले विहिवार राति ठक्कर दिदा एक स्थानीय युवकको मृत्यु भएको छ ।
हरिवन नगरपालिका वडा नम्वर ११ कडरिया चोकमा नम्बर नखुलेको सवारीसधानले गएराति ११ बजेको समयमा ठक्कर दिदा स्थानीय २४ बर्षिय जयबहादुर विकको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाईते भएर बाटोमा छटपटिरहेको अवस्थामा विकलाई उपचारको लागि नमूना अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषित गरेका थिए । विकको शव पोष्टमार्टको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
इलाका प्रहरी कार्यालय हरिवनले दुर्घटनामा संलग्न रहेको आशंकामा एउटा ट्रकललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डीएसपी विजय यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार