zoom app on amazon fire stick india download zoom login zoom 5.9.1 download download zoom 32 bit zoom filter app zoom latest version download 2021 airpods mic not working on zoom pc

विपीको स्मारक भएको स्थानमा स्मृति भ्यू टावर बनाउन लाग्दा नपाली काँग्रेसको आपत्ति

   २९ माघ २०७७, बिहीबार १८:१२  

रौतहट, २९ माघ । नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दीको साहित्यकार विपी कोइरालाको शालिक भएको स्थानमा गौर नगरपालिकाबाट बनाउन लागिएको स्मृति भ्यू टावरको कार्य तत्काल रोक्नको नेपाली काँग्रेस रौतहटले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय, अन्तरराष्ट्रिय विभुतिको रुपमा रहनु भएको महामानव विपी कोइरालाको स्मृतिमा बनाइएको पार्क भित्र स्मृति भ्यू टावर बनाउनका निमित्त गौर नगरपालिकाबाट गरिएको शिलान्यास जस्तो कार्यले नेपाली काँग्रेस मात्रै नभई रौतहटबासीलाई ठेस पुर्याउने कार्य भएको ठहर गर्दै उक्त कार्यको घोर निन्दा गर्दै नेपाली काँग्रेस रौतहटले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो ।
नेपाली काँग्रेसको जिल्ला सभापति कृष्ण प्रसाद यादवको नेतृत्वमा गएको नेता एवं कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव संग भेटी उक्त कार्य अविलम्ब बन्द गर्नका निमित्त ज्ञापन पत्र बुझाए ।


गौर नगरपालिका २०४९ सालमा स्थापना भएपछि पहिलो जननिर्वाचित समितिले २०५१ सालमा गौरको मुख्य चोकमा विपीको शालिक राख्ने निर्णय भए अनुसार जेटिजेड र नगरविकास कोषबाट निर्माण भएको उक्त स्थानलाई पुर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले उदघाटन गरेका थिए तर अहिले गौर नपाले सस्तो लोकप्रियता लिने उद्देश्यबाट ओतप्रोत भई राष्ट्रिय विभुतिलाई नै ओझेलमा पर्ने षड्यन्त्र गरेकोमा सोका विरुद्ध नेपाली काँग्रेसले स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
विपीको स्मारक उदघाटन गर्ने व्यक्तिको शिलालेख हटाई राजनिति पुर्वाग्रही भएर भईरहेको कार्यको चर्को विरोध गर्दै त्यसप्रकारको कार्य तत्काल बन्द गर्नुपर्ने समेत प्रजिअ संग माग गर्नुका साथै गौर राइस मिल्स करिव ५० बर्ष अघि बन्द भईसकेको र सोको आधिकारी वारेस नभएको अवस्थामा राइस मिल्सको जग्गा रौतहटबासीको भएको हुँदा जुन सुकै निर्णय गर्दा सर्वदलिय एवं सर्व पक्षिय रुपमा गराउन समेत नेपाली काँग्रेसको सभापति यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाली काँग्रेसको एक प्रतिनिधि मण्डल सहितको टोली आएर आज ज्ञापन पत्र बुझाउदै विपी चोकमा रहेको विपीको शालिकलाई हटाउने वा मास्ने काम नगर्न आग्रह गरिएको हुँदा सो बारे आफू गौर नपा संग समन्वय गरी सौहादपूर्ण वातावरणमा कार्यलाई अघि बढाउने प्रतिक्रिया दिए ।
प्रजिअलाई ज्ञापन पत्र बुझाउन जानेहरुमा स्थानीय तह रौतहटको प्रमुख तथा उपप्रमुखहरुमा शेख वकिल, श्यामप्रसाद यादव, रामस्नेही यादव, धिरेन्द्र सिंह, अरुणकुमार साह, रंगिलादेवी जयसवाल, महासमिति सदस्य देवचन्द्र झा, श्यामचन्द्र झा, सन्तलाल साह, रामचनद्र गिरी, युवा नेताहरु गृषनन्दन सिंह, रमेश खरेल, महिला नेतृ अंजु झा, सहितको नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै