श्रीमननारायण
दक्षिणी छिमेकी भारतले दर्जनौ चिनिया एपलाई आफनो देशको सुरक्षा सम्वेदनशीलताको निम्ति घातक र देशको निम्ति अनुपयोगी भन्दै रोक लगाएको दुई वर्ष पछि अब संयुक्त राज्य अमेरिकाले पनि टिकटक माथि रोक लगाउने निर्देशन दिएको छ । अमेरिकी एफसीसीका कमीशनर बे्रण्डन कारले चिनियाँ कम्पनी “टिकटक” धेरै मात्रामा अमेरिकी सम्वेदनशीलता तथा आंकडाहरुलाई आफनो यस ऐप मार्फत संग्रह गर्ने गरेको र यसको सोझो असर रोजगार लगायत अन्य कतिपय क्षेत्रमा पनि पर्ने भएका कारण यस माथि रोक लगाउन “गुगल र एप्पल”लाई निर्देशन दिएका छन् । चिनिया “टिकटक” का प्रमुख बाइटेडान्स कारले पनि जुलाईको दोस्रो साता देखि “टिकटक” बन्द गरिने संकेत दिएका छन् ।
चिनिया कम्पनीको विश्वसनियतामाथि प्रश्न चिन्ह उठाउने काम भारत र अमेरिका मात्रै होइन अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र युरोपका अधिकाश देशहरुले पनि गर्दै आएका छन् । विस्तार विस्तारै चिनिया हार्डवेयर र सफटवेयर कम्पनीहरुको विकल्पको खोजी पनि भइरहेका छन् । भारतले सफटवेयरको क्षेत्रमा धेरै नै प्रगति गरेको छ ।
एप्पल र गुगलको प्रमुख कार्यकारी अधिकारीलाई अमेरिकाले चिनियाँ एप “टिकटक” माथि रोक लगाउने माँग गर्नु पछाडिका कारण अवश्य नै गम्भीर प्रकृतिका हुनुपर्छ ।