बीगमार्ट सुपरमा मार्केटको सम्पूर्ण आउटलेटमा “आईएमई पे” ले ल्यायो छुट अफर

269 Shares

काठमाडौं, २१ असार । बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा “आईएमई पे” मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत सम्म छुट पाउन सकिने अफर सार्वजनिक गरिएका छन् ।
आइएमई ग्रुपद्धारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्धारा प्रवद्र्धित आइएमई पे र एससिटि द्धारा संचालित स्मार्ट क्यूआर विच साझेदारी बढाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएर उक्त अफरलाई सार्वजनिक गरिएका हुन् ।
सोमवार काठमाडौमा भएको सम्झौता अनुसार बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत सम्म छुट (अधिकतम ३०० सम्म) पाउन सकिने व्यवस्थापन मिलाइएको छ ।
डिजिटलाइज तफै नेपाल अगाडी बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेको बताइएको छ । कम्पनीहरूद्धारा ल्याइएको योजनाबाट प्रयोगकर्ताहरूको दायरालाई बढाएर डिजिटल भुक्तानी तर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
साझेदारी अवधी भरीमा केही निश्चित नियम र सर्तहरु अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत सम्म छुट (अधिकतम ३०० सम्म) प्राप्त गर्न सक्नेछ र यो अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले जम्मा रकम २५०० सम्मको छुट प्राप्त गर्न सक्नुहुने कम्पनीले जनाएका छन् ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार