असार लागे संगै रौतहटमा सर्पदंशको विगविगी

550 Shares

रौतहट, २१ असार । असार महिनाको सुरुआत संगै रौतहटमा विषालु विगविगी बढेको छ ।
चर्को गर्मीको कारण दुलो भित्र लुकेर बस्ने विषालु सर्पहरु बाहिर निस्केर टोक्ने क्रम यतिखेर तिव्र बनेको हो । प्रादेशिक अस्पताल गौरमा दैनिक जसो १० देखि १५ जना सम्म सर्पदंशको विरामीहरु उपचारको लागि आउने गरेका छन् ।
असार ११ गते देखि आज सम्म ४५ जना सर्प दंशको विरामीहरु उपचार गराउन आएको जानकारी दिदै प्रादेशिक अस्पताल गौरको इमरजेन्सिमा कार्यरत हेल्थ अशिष्टेन्ट मुकेशकुमार झाले साँझ पख सर्पदंशको विरामीहरु उपचारको लागि यहाँ आउने गरेको बताए । सर्पदंशका विरामीहरुलाई दिइने एन्टि स्नेक भेनम नामक औषधी अहिले पर्याप्त संख्यामा रहेको कारण विरामीहरुलाई उपचार गर्नमा कुनै कठिनाई नरहेको स्पष्ट पारे ।
सोमवार राति दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ छतौना गाउँका २६ बर्षिया खुसमुदा खातुनलाई विषालु सर्पको टोकाईबाट गाउँमै मृत्यु भएको मृतक परिवारले जनाएको छ ।
गढीमाई नगरपालिका वडा नम्वर ९ इनर्वा गाउँका ३२ बर्षिय फेकु पासवानलाई विषालु सर्प गोमनले मंगलवार टोकेपछि तत्कालै डोरीले खुटा बाँधेर प्रादेशिक अस्पताल गौरमा आएर उपचार गराइरहेको पिडितले बताए । पासवान घर छेउमै बसिरहदा दिउसो साढे १२ बजेको समयमा गोमन सर्पले टोकेका थिए ।
गत शनिवार राति बिषालु सर्पको टोकाईबाट रौतहटको बौधीमाई नगरपालिका ३ मटिअर्वा गाउका रामलगन कुशवाहाका ९ बर्षिय छोरा अनमोल कुशवाहाको मृत्यु भएका थिए । बालक कुशवाहा घरको आगनमा राति ९ बजेको समयमा विषालु सर्पले टोकेको थियो । उपचारको लागि घरबाट गौर तर्फ आउने क्रममा मृत्यु भए ।
सर्पदंशको विरामीको संख्या बढ्न थालेपछि रातिको समयमा टर्च लिएर बाहिर निस्कने तथा सुत्नु अघि ओछ्यानलाई राम्ररी हेरविचार गरेर मात्रै सुत्ने सलाह चित्सिकले दिए । सर्पले टोकेपछि तुरुन्तै सेवा सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउदा विरामीको ज्यान जोगिन सक्छ नत्र धामी झाक्री कहाँ गएमा अवस्था फरक हुने समेत आम नागरिकलाई अस्पताल प्रशासनले सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।