अज्ञात ह्याकरको कारण संघाई प्रहरी निद्रा हराम

210 Shares

एजेन्सी । टाडा ह्याकरले संघाई प्रहरीको निद्रा हराम गरिदिएको छ ।

एक ह्याकरले सांघाई पुलिसबाट एक अर्ब चिनियाँ नागरिकहरूको व्यक्तिगत जानकारी प्राप्त गरेको दाबी गरेको हो । यदि यो कुरा सत्य सावित भएमा यो इतिहासकै सबैभन्दा ठूलो डेटाब्रिच हुने विज्ञहरुले बताएका छन् ।

चाइनाडान’ भनेर चिनिने अज्ञात इन्टरनेट प्रयोगकर्ताले गत हप्ता ह्याकर फोरम ब्रीच फोरममा १० बिटक्वाइनका लागि २३ टेराबाइट (टीबी) भन्दा बढी डेटा बेच्ने प्रस्ताव राखेका हुन् ।

‘सन् २०२२ मा सांघाई राष्ट्रिय पुलिस (एसएचजीए) डाटाबेस लिक भएको थियो । यस डाटाबेसमा अर्बाैं चिनियाँ नागरिकहरूको धेरै टेराबाइट डेटा र जानकारी समावेश छ,’ उक्त पोस्टमा भनिएको छ ।

‘डेटाबेसमा १ अर्ब चिनियाँ नागरिक र धेरै अर्ब केस रेकर्डहरू समावेश छन्, जसमा नाम, ठेगाना, जन्मस्थान, राष्ट्रिय आईडी नम्बर, मोबाइल नम्बर, सबै अपराधिक केसलगायतका विवरणहरु समावेश छन्,’ पोस्टमा अघि भनिएको छ ।

यो विषय आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । सांघाई सरकार र पुलिस विभागले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
यो विषय पुष्टि हुन नसके पनि चिनियाँ सोसल मिडिया प्लेटफर्महरूमा यस डेटा लिकको विषयमा धेरै छलफल चलेको छ । कयौं प्रयोगकर्ताहरुले यो साँचो पनि हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बेइजिङस्थित कन्सल्टेन्सी ट्रिभियम चाइनाका प्राविधिक नीति अनुसन्धान प्रमुख केन्द्रा शेफरले ट्वीटरमा एक पोस्ट गर्दै अफवाहबाट सत्य पत्याउन गाह्रो भएकाे बताएकी छिन् ।

यस्तै उनले ह्याकरले दाबी गरेको सामग्री सार्वजनिक सुरक्षा मन्त्रालयबाट आएको हो भने यो धेरै कारणले खराब हुने र स्पष्ट रूपमा इतिहासको सबैभन्दा ठूलो र नराम्रो उल्लंघनहरू मध्ये एक हुने बताएकी छिन् ।

यस्तै चिनियाँ मुलका क्यानेडाली प्रविधि उद्यमी एवं क्रिप्टोकरेन्सीको कारोबार गर्ने बिनान्स प्लेटफर्मका सीईओ झाओ चाङपेङ (सीजेड) ले एक एसियाली देशको डेटा लिक भएको ट्विट गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘हाम्रो खतरा खुफियाले डार्क वेबमा एक अर्ब नागरिकको डेटा बेच्नका लागि राखेको फेला पारेको छ । जसमा एक एसियाली देशका नागरिकको नाम, ठेगाना, राष्ट्रिय आईडी, मोबाइल एवं मेडिकल र पुलिस रिपोर्ट समावेश समेत छ । सरकारी एजेन्सीद्वारा इलास्टिक खोज डिप्लोइमेन्टमा बगका कारण यस्तो भएको हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।