रौतहट, ३० माघ । रौतहटको गौर नगरपालिकाको सिसवा गाउँमा महिला माथि कु दृष्टि राख्ने कार्यको विरोध गर्दा पिडक पक्षले कुटपिट गर्दै चाकु प्रहारी गरी दुई जना युवकलाई गम्भीर घाईते बनाएको छ ।
गौर नपा ७ सिसवा गाउँकी एक महिलाको श्रीमान वैदेशिक रोजगारको शिलशिलामा गत तिन बर्ष देखि मलेशियामा रहेको अवस्थामा सोही गाँउको ५५ बर्षिय रामसोगारथ पासवानले ति महिलालाई धेरै दिन देखि पछ्याउदै आएका थिए । विहिवार राति ति महिलाको घरमा प्रवेश गर्न खोज्दा महिलाले फोन गरी आफन्तहरु बोलाएपछि उक्त घटना भएको हो ।
पिडिक पासवान सहित छोरा राजु पासवान, आफन्त बालदेव पासवान, विसु पासवान, राजन पासवान र विकास पासवान मिलेर महिलाको भाई गौर नपा वडा नम्वर १ घर भएका अनिल दास र सुदेश दासलाई निर्घात कुटपिट गर्दै चाँकु प्रहार गरी गम्भीर घाईते बनाएको थियो । गम्भीर घाईते भएको युवक दासद्धयको गौर अस्पतालमा उपचार भईरहेका छन् ।
अनिलको टाउको, शरीरको विभिन्न स्थान तथा सुदेशको पिठ्यु टाउकोमा चाँकु प्रहारबाट शरीर भरी घाउ लागेको हुँदा उनीहरुको उपचार गौर अस्पतालमै भईरहेको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताए ।
यता निर्घात कुटपिट गरी चाँकु प्रहार गर्ने रामसोगारथ सहितको उनका आफन्तहरु फरार भएको छ तिनीहरुको खोजतलास जारी रहेको जानकारी दिदै प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले घटना सम्बन्धि आवश्यक अनुसन्धान भईरहेको बताए ।
श्रीमान विदेशमा रहेको तथा चार जना छोराछोरीको हेरचाह गर्दै आएको एक्ली महिला माथि कु दृष्टि राख्ने रामसोगारथ सहितका व्यक्तिहरुलाई हदै सम्म कारवाही गर्न पिडित परिवारले स्थानीय प्रहरी प्रशासन संग गुहार लगाएका छन् ।