पश्चिम बंगालको सिलीगुडीबाट काठमाडौंसम्म बस सेवा सुरु

410 Shares

कलकत्ता । पंश्चिम बंगाल राज्यको सिलीगुडीबाट नेपालको संघिय राजधानी काठमाडौं सम्म बस सेवा संचालनमा आएको छ ।
राज्यका यातायात मन्त्री फिरहाद हाकिमले बुधबार पश्चिम बङ्गालको सिलीगुडी देखि काठमाडौं सम्म जाने नेपाल भारत मैत्री बस सेवाको झण्डा देखाएपछि यातायात संचालनमा आएको हो ।
४० सिटको बस सिलीगुडीबाट साताको तिन दिन अर्थात सोमबार, बुधबार र शुक्रबार चल्नेछ र दिउँसो ३ बजे काठमाडौंको लागि प्रस्थान गर्नेछ । टिकटहरू प्रति व्यक्ति १५ सय भारतीय लाग्ने छ । यो सेवाले यस क्षेत्रको पर्यटन प्रवद्धन गर्ने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार