चिनियाँ राष्ट्रपति कार्यशैली आजित भएर चिनियाँ नागरिकहरु विदेशमा शरण लिनेहरुको संख्यामा ह्वातै वृद्धि

285 Shares

बेइजिङ । चिनियाँ राष्ट्रपति कार्यशैलीको कारण चिनियाँ नागरिकहरु विदेशमा शरण लिनेहरुको संख्यामा ह्वातै वृद्धि भएको हङकङबाट प्रकाशित हुने समाचारपत्रमा उल्लेख गरेका छन् । राष्ट्रपति सी चिनफिङ सत्ताको चरम दुरुपयोग गरेर जनताहरु निकै अत्तालिएर विदेशमा शरण लिनेहरुको संख्यामा ह्वातै वृद्धि भएका हुन् ।

 राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित गरेको हङकङ पोष्टले जनाएको छ ।

राष्ट्रपति सीले आफ्नो शक्तिलाई सुदृढ गर्दै थप दमनकारी शासन प्रणाली लागू गरेपछि शरणार्थी बन्न चाहनेहरूको सङ्ख्यामा वृद्धि भएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको तथ्याङ्कले देखाएको हो । चीनबाट शरण खोज्नेहरूको सङ्ख्या डरलाग्दो दरमा बढ्दै गएको उसले दाबी गरेको छ ।

कोभिड–१९ विरूद्धको चीनको शून्य नीति र अन्य प्रतिबन्धका  बाबजुद शरण खोज्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाउँदै उक्त संस्थाले २०१२ यता करिब सात लाख ३० हजार चिनियाँ नागरिकले विदेशमा शरण मागेका जनाएको छ । शरण माग्ने ती नागरिकमध्ये एक लाख ७० हजारभन्दा बढी चीन बाहिर शरणार्थीका रूपमा जीवन यापन गरिरहेका छन् । 

विदेशमा शरण खोज्ने चिनियाँहरूका लागि अमेरिका सबैभन्दा लोकप्रिय गन्तव्य बनेको, सन् २०२१ मा मुख्य भूमि चीनबाट उसले ८८ हजार ७२२ आवेदन स्वीकार गरेको, सोही वर्ष अष्ट्रेलियाले १५ हजार ७७४ शरणार्थीलाई लिएको उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ । 

हजारौँले क्यानडा, ब्राजिल, दक्षिण कोरिया र बेलायतमा पनि शरणका लागि आवेदन दिएका छन् । सेफगार्ड डिफेन्डर्सका लागि काम गर्ने अन्वेषक जिङजी चेनले शरणार्थीका निम्ति आवेदन गर्नेहरूको विवरण विश्लेषण गर्दा कोभिड महामारी नियन्त्रण र रोकथामका आडमा सार्वसाधारणको आवागमनमा कठोर बन्दाबन्दी र कठोर प्रतिबन्ध लागू गरेको, मुख्यभूमि महामारी फैलिएपछि बन्दाबन्दीको अवस्थमा रहेको र त्यस अवधिमा विदेशमा शरण खोज्नेहरूको सङ्ख्यामा अनपेक्षित रूपमा वृद्धि भएको भेटिएको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।