सम्बन्धित निकायको लापरवाहीले दुर्गा भगवतीमा वागमती नदीको बाँध र स्पर कटान जारी

844 Shares

रौतहट, २० साउन । सम्बन्धित निकायको उदासिन्ता एवं चरम हेलचक्रयाइको कारण वागमती नदीले १२ नम्वर स्परको विच भागमा ५० मिटर सम्म कटान गरेर ठूलो क्षति पुर्याइसकेका छन् ।
उच्च पहाडी, चुरे क्षेत्र सहित तराईमा निरन्तर रुपमा भईरहेको बर्षाबाट वागमती नदीले धार परिवर्तन गरेर बाँध छेउ भएर वगिरहदा बाँध र पानीको धारलाई अन्यत्र परिवर्तन गर्न बनाइएको स्पर (स्टर्ड) लाई निकै ठूलो क्षति पुर्याइरहदा पनि सम्बन्धित निकाय जिम्मेवार नरहेको आरोप स्थानीय बासिन्दाहरुले लगाएका हुन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ गंगापिपार र ३ मत्सरी नजिक रहेको वागमती नदीको धार बाँध छेउमा आएर कटान कार्य गरिरहेको छ । नदीले बाँधको वेड सतह सहित ५० मिटर बाँध काटिसकेको छ भने बाँधलाई सुरक्षित राख्नका लागि बनाइएको १२ नम्वर स्परको विच भागमा पनि ५० मिटर भन्दा बढी कटान गरिसकेको र यस्तै अवस्था रहयो भने बाँध र स्पर पूर्ण रुपमा कटान हुने निश्चित रहेको स्थानीयहरुले बताए ।
बाँध र स्परलाई बचाउन युद्धस्तरमा नियन्त्रणको प्रयास गर्नुपर्ने अवस्थामा नदी नियन्त्रण कार्यालयबाट समान्य रुपमा बालुवा बोरा जालीको काम भईरहेको पनि सन्तोषजनक रहेको छैन् । बाँध भत्कियो भने दुर्गा भगवतीको वडा नम्वर १, ३ र ४ सहित अन्य पालिकाको बासिन्दाहरु प्रत्यक्ष रुपमा प्रभावित हुने भएको हुँदा जिम्मेवार भएर सम्बन्धित निकायहरु नियन्त्रणको प्रयासमा जुट्नुपर्ने गंगापिपराका युवा रामलाल दासले माग गरे ।
नदी नियन्त्रणको कार्यालय, स्थानीय तह, निर्वाचित जनप्रतिनिधिहरु, स्थानीय प्रशासन जिम्मेवार नभएको हुँदा बाँध एवं स्पर कटानको चपेटामा परेर ठूलो आर्थिक नोक्सानी भएकोमा दुख व्यक्त गर्दै मत्सरीका सचेत नागरिक एवं जिल्ला समन्वय समितिका सदस्य अशोककुमार झाले झिनामसिना कुराहरु छाडेर धेरै बर्ष अघि निर्माण भएको बाँध र स्परलाई जोगाउन युद्धस्तरमा लाग्नुपर्ने आग्रह गरे । अहिले त स्थानीय सरकारबाट पनि आफनो पालिका भित्र रहेका सरकारी भौतिक सम्पदाको संरक्षण गर्नुपर्ने जिकिर गरे ।
वागमती नदीले गरिरहेको क्षति सम्बन्ध वागमती लाल बकैया नदी नियन्त्रण कार्यालयको पटक पटक ध्यानाकर्षण गराउदा समेत कुनै सुनवाई नगरको गुनासो गर्दै उनले नदी छन् रौतहटमा कार्यालय वाराको परिवानीपुरमा हुनु निकै हास्यापद रहेको भने । वगमती र लाल बकैया नदी रौतहटमा रहेको हुँदा कार्यालयपनि रौतहटको कुनैपनि स्थानमा अविलम्ब स्थापना हुनुपर्नेमा जोड दिदै नदी नियन्त्रणका प्रमुख वागमतीको स्थलगत रुपमा निरीक्षण गरेर नियन्त्रणको प्रयासमा जुट्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कयौं पटक भनिसकेका छौं तर नदी नियन्त्रण कार्यालयको रवैया ठिक नभएको बताए । कटान एवं बाँध भत्किने सम्भावित स्थानहरुमा तत्कालै मर्मतको प्रयास गर्न भनिएको छ । काम गर्ने स्थानमा ढिलासुस्ती भइरहेको स्वीकार्य गर्दै बाँध र स्परलाई जोगाउन हर सम्भव प्रयास गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।