अख्तियार दुरुपयोगद्धारा गौरमा अन्तरक्रिया कार्यक्रम

   ३० माघ २०७७, शुक्रबार १६:५०  

रौतहट, ३० माघ । रौतहट सदरमुकाम गौरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दीवासद्धारा जिल्ला समन्वय समितिको सभाकक्षमा शुक्रवार आयोजित उक्त कार्यक्रममा रौतहटको १८ वटै पालिकाको प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, जिल्ला स्थित विकास निर्माण कार्यलयको प्रमुखहरुको साथै सरोकारवाला सवै पक्षहरुको उपस्थितिमा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन” सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दीवासको प्रमुख रामबन्धु सुवेदीले प्रदेश नम्वर २ मा सवैभन्दा बढि धनुषा, सिरहा र तेश्रो नम्वरमा रौतहटबाट छानविनको लागि उजुरी परेको बताउदै त्यस प्रकारको उजुरीमा खास गरेर स्थानीय तहमा शिक्षा, विकास निर्माण गर्न गठन गरिएको उपभोक्ता समिति, संघ प्रदेश सरकारबाट प्राप्त रकमबाट भौतिक योजना मन्त्रालय अन्तर्गतको कार्यक्रम, भुमि व्यवस्था, गृह मन्त्रालय संम्बन्धी, कृषि, सुचना, उर्जा जलश्रोत र शहरी विकासमा विशेष गरी उजरी वर्दीवासमा आएको स्पष्ट पारे ।


उजुरी पर्दैमा प्राथमिकता एवं प्रमाणिकरणको आधारणमा छानविन अगाडी बढाउने गरेको कतिपय उजुरी छानविनकै क्रममा अगाडी बढ्न अवस्था नरहने गर्दा तामेलीमा जाने गरेको बताए । चालु आर्थिक बर्षमा अख्तियारले हेर्ने सातवटै जिल्लाबाट २११६ उजुरी परेको मध्ये २२१ मुद्दा फछ्र्यौट भईसकेको प्रमुख सुवेदीले जानकरी दिए । हाम्रो यहाँ निति र व्यवहारमा फरक रहेको अवस्थामा भ्रष्टाचार निर्मुल हुन नसकेको भएपछि व्यवहार निती एउटै भएमा सबै ठिक हुने बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थानीय तहद्धारा उपभोक्ता समिति निर्माण गर्दा पूर्ण रुपमा पार्दर्शीता अपनाउनु पर्ने, समान रुपमा राज्यको निती नियम अनुसार कार्यलाई अघि बढाएमा समाज विकसित हुनेमा जोड दिए ।
जिल्ला समन्वय समितिको सभापति रामएकवाल यादव, गौर नगरको मेयर अजय गुप्ता, परोहा नगरको मेयर शेख वकिल कटहरियाको मेयर शियाराम कुश्वाहा र कोष तथा लेखा नियन्त्रक इश्वरी प्रसाद ढकालले अन्तरक्रियमा भ्रष्टाचार निर्मुल गरी सुशासनको प्रवद्र्धन गर्ने उपायहरुको चित्रण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै