नयाँ दिल्ली, २५ असार । चरम आर्थिक संकटबाट जुधिरहेका श्रीलंकामा हजारौं प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासलाई घेरेपछि राष्ट्रपति निवास छाडेर सुरक्षित स्थान तर्फ लागेका छन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षे संग राजीनामाको माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उद्धत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेका हुन् । राजापाक्षे सरकारी आवास छाडेर सुरक्षित स्थल तर्फ लागेपछि प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् ।
श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरेको छ । पश्चिमी प्रान्तको विभिन्न प्रहरी कार्यालयहरुले आफ्नो क्षेत्र भित्र कर्फ्यु घोषणा गरेको बताइएको छ । प्रहरीले कर्फ्यु उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने जनाएको छ ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् । राष्ट्रपति निवासमा भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएपनि आधिकारीक रिपोर्ट प्राप्त भईनसकेको बताइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन