नबालिकालाई अपहरण गरी फिरौती माग्ने युवक प्रहरीको कब्जामा

435 Shares

रौतहट, २५ असार । चार बर्षिया नबालिकालाई अपहरण गरेर बिस लाख फिरौती माग्ने एक युवकलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचना अनुसार परिवर्तित नामथर वतन ३२ जिल्ला २०७८÷०७९ (२४ क) जाहेरवाला को ४ बर्षिया छोरी आफनै घर बाहिर खेल्दै गरिरहेको अवस्थामा विहिवार साँझ अपहरण गरेर लगेका थिए । सोही दिन साँझ साढे ७ बजेको समयमा पिडित परिवारको आफन्तलाई नामथर वतन एकिन नभएका व्यक्तिले फोन गरेर “तिम्रो छोरी मेरो कब्जामा रहेको छ, हामीले अपहरण गरेका छौं, छोरीलाई बचाउनु छ भने २० लाख राजपुर नपाको इद्रिश गेटमा लिएर आउनु” भनेर फिरौती माग गरेका थिए ।
पिडित परिवारले जिल्ला प्रहरी कार्यालय रौतहटलाई जानकारी गराउना साथ अपहरणकारीद्धारा पैसा लिएर आउने भनेको स्थान इद्रिस गेट एरियामा प्रहरीले सर्च अप्रेशन चलाई खोजतलास चलाउदा राजपुर नगरपालिका वडा नम्वर १ स्थित बहुअर्वा मदर्सा छेउमै रहेको गुम्ती पसल नजिक बाँसले बनाएको खाटमा सुताई राखेको अवस्थामा अपहरित नवालिकालाई प्रहरीले फेला पर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।
सोही स्थानमा बन्धक बनाई फिरौती रकम माग गर्ने रौतहट जिल्ला इशनाथ नगरपालिका वडा नम्वर ७ का २४ बर्षिय महमद अविर हुसैनलाई विहिवार राति पौने १० बजेको समयमा पक्राउ गरियो । उनले प्रयोग गरेका विआर ०५ एएफ० २८२८ नम्वरको भारतीय मोटरसाइकल समेत बरामद गरिएको उनले जानकारी दिए ।
अपहरणमा परेको जानकारी पाउना साथ तिन घण्टा भित्रमा प्रहरीले अपहरित बालिका सहित अपहरण गर्नमा संलग्न व्यक्ति हुसैनलाई पक्राउ गर्न रौतहट प्रहरी सफल भएको बताउदै डिएसपी मल्लले हुसैन विरुद्ध अपहरण तथा शरिर बन्धक सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट शुक्रवार ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान जारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार