छिमेकीको जमिन अतिक्रमण गरेर तारवार लगाउने चीनको विरुद्ध एकता अभियानद्धारा प्रदर्शन

256 Shares

काठमाडौं । उत्तरी छिमेकी देश चीनले नेपाली भु भागहरु कब्जा गरी तारवार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानद्धारा प्रदर्शन गरिएको छ ।

नेपालका ठुला राजनितिक दलहरूले उठाउन नसकेको मुद्दा स्वतन्त्र नागरिकले उठान गर्न थालेको छ ।

उत्तरी छिमेकी चीनको हर्कत विरुद्ध सरकार पनि वोल्न नसकेको वेला नेपालका आम जनताले प्रदर्शन गरेर आफ्नो मातृभुमि को रक्षा का लागि संघर्ष को बाटो अपनाएका छन । उनिहरू ले सरकारको मौनता तोड्ने प्रयत्न गर्दै छन ।

चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले राजधानीमा प्रदर्शन गरेको छ। दशगजाभित्रै चीनले तारवार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

माइतिघरबाट सुरु भएको विरोध -याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो। विरोध -यालीमा ‘गो ब्याक चाइना, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाईएको थियो।

बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रीय अध्यक्ष विनय यादवले सम्बोधन गरे। उनले चीनले दशगजामै तारवार र भौतिक संरचना वनाउँदा समेत नेपाली प्रशासन मुकदर्शक भएर वसेको भन्दै आक्रोश ब्यक्त गरे। तर, गोरखाका सिडिओ शंकरहरि आचार्यले भने त्यस विषयमा आफुलाई जानरी नभएको वताएका छन् ।

सीमा सम्वन्धि अन्तराििष्ट्रय मान्यता अनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचान वनाउन वा तारवार लगाउँन पाईदैन। त्यसका लागि दुईपक्षीय सहमति आवश्यक पर्छ। तर, रुईला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ।

दशगजामा तारबार लगाएपछि नेपाल–चीन आवतजावत बन्द छ। अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। त्यहाँ चीनले सीसी क्यामेरा राखेर निगरानी समेत गर्ने गरेको छ।

यसअघि चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो। तर, पछि त्यसलाई हटाइयो। चीनकाे यस्ता दुस्सहास प्रति नेपाल सरकारको निरिहपन देखेर जनता आंदोलित भएका हुन । यसको बिषयमा आम नेपाली एकजुट हुनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।