भारतीय सहयोगमा कपिलबस्तुमा निर्माण भएको दुई विद्यालय भवनको उदघाटन

370 Shares

कपिलबस्तु । मित्रताको सम्बन्ध अटुट हुन्छ, जस्तो भएपनि भारत संग नेपालीको अतुलनिय सम्बन्ध रहेको छ, हरेक क्षेत्रमा भारतले नेपालमा सहयोग गर्दै आएका छन् चाहे शिक्षा, स्वास्थ्य, सडक लगायतका विभिन्न सेक्टरमा भारतीय सहयोग नेपाललाई प्राप्त हुदै आएका छन् ।

छिमेकी राष्ट्र भारत सरकारको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ ।कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करण वंशजले बिहीबार उद्घाटन गर्नुभयो ।

शिवभरीमा सात सय र जानकी उच्च माध्यामिक विद्यालयमा एक हजार तीन सय विद्यार्थीहरु अध्ययनरत छन् भने यी दुवै विद्यालय कपिलवस्तु जिल्लाको सबैभन्दा पुराना विद्यालय हुन् । शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा ५ करोड ९२ लाख रुपियाँ लागतमा यो परियोजना अघि बढेको थियो ।

भारतीय राजदूतावासले भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सवको अवसरमा यी परियोजनाहरुको उद्घाटन गरिएको जनाएको छ । सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यस्तै, स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा चार सय ७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

कार्यक्रममा कपिलबस्तु क्षेत्र नं. २ का सांसद बृजेश कुमार गुप्ता, महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँ, उप प्रमुख रीता चौधरी, लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रम जिल्ला समन्वय समितिको समन्वयमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार