जापानको पूर्व प्रधानमन्त्रीको निधनमा भारतमा राष्ट्रिय शोक मनाउदै

949 Shares

नयाँ दिल्ली । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनमा भारतले शनिवार राष्ट्रिय शोक मनाउदै छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिन्जो आबे प्रति निकै सम्मान रहेको बताउँदै आज देशमा राष्ट्रिय शोक मनाउने सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएको हो ।
उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘म आफ्नो सबैभन्दा प्यारा साथी मध्ये एक शिन्जो आबेको निधनमा स्तब्ध र दुःखी छु । उनी एक महान् नेता र प्रशासक थिए । उनले जापान र विश्वलाई एक राम्रो ठाउँ बनाउनका लागि आफ्नो जीवन समर्पित गरे ।’

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा शुक्रवार बिहान पूर्व प्रधानमन्त्री आबे माथि गोली प्रहार भएको थियो । गोली प्रहारपछि गम्भीर घाइते हुनुभएका आबेको उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार