नेपालको भूमिबाट चीन विरोधी गतिविधि हुन नदिन बारे चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले काठमाडौंमा शेरबहादुर देउवा संग आग्रह गरे

279 Shares

 काठमाडौं । नेपालको भूमिबाट चीन विरोधी गतिविधि हुन नदिन बारे चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले काठमाडौंमा शेरबहादुर देउवा संग भेटघाटमा भनेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको छुट्टाछुट्टै भेटमा चीनको नेपाल मामलामा रहेको सुरक्षा स्वार्थबारे प्रष्ट कुरा गरेका छन् । उनले नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नपाओस् भनी कुरा राखे ।

पछिल्लो समय अमेरिकी अधिकारीहरु तिब्बती शरणार्थीको शिविरमा गएको विषयतर्फ संकेत गर्दै लिउले नेपालबाट चीनविरोधी कुनैपनि गतिविधि नहोस् भन्ने चाहना रहेको बताए । भेटमा सहभागी परराष्ट्रका अधिकारीका अनुसार लिउले प्रष्टसँग चीनविरोधी गतिविधिका लागि नेपाली भूमिमा कुनै स्थान नहोस् भने ।

जवाफमा देउवाले नेपालबाट चीनविरोधी गतिविधि हुन नदिइने बताए । उनले आफ्नै पालामा दलाई लामाको कार्यालयलाई बन्द गराएको स्मरण गराए । आफू बोलीमा भन्दा व्यवहारमा गरेर देखाउने स्वभाव भएको भन्दै देउवाले इतिहास स्मरण गर्न सुझाएको बुझिएको छ । उनले एक चीन नीतिप्रतिको प्रतिवद्धता दोहोराए । देउवाले चीनसँग मित्रवत् सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत व्यक्त गरे ।

देउवाजी सरकारको नेतृत्वमा आएपछि अनुदानलाई प्राथमिकता दिने र उदार सर्तमा मात्रै ऋण लिने भन्ने नीति लिनुभएको छ।’
काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले श्रीलंकाको अहिलेको अवस्था जथाभावी ऋण लिँदाको परिणाम भएको टिप्पणी गरेका छन् । आइतबार पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले ऋण लिँदा कहिल्यै तिर्नै पर्दैन कि भनेजसरी जथाभावी रुपमा लिन नहुने बताए ।

ऋण आवश्यक छ कि छैन ? प्रतिफल आउँछ कि आउँदैन ? ऋण लिँदाका सर्तहरू के छन् भनेर नहेरीकन ऋण लिनु हुँदैन, श्रीलंकामा अहिले जे अवस्था आएको छ, यो जथाभावी ऋण लिनुको परिणाम हो,’ उनले भने, ‘ऋण लिएपछि कहिल्यै पनि तिर्नुपर्दैन भनेजसरी ऋण लिनु हुँदैन, त्यसरी जथाभावी ऋण लिँदा देश अफ्ठ्यारो बाटोमा जान्छ ।’
उनले ०४६ सालपछि कांग्रेसको नेतृत्वमा ठूलो विदेशी ऋणलाई घटाएर साइजमा ल्याउने काम गरेको दाबी गरे । ‘पञ्चायत कालमा नेपाल ठूलो विदेशी ऋणमा थियो । तर, कांग्रेसको नेतृत्वमा २०४६ सालपछि त्यसलाई साइजमा ल्याउने काम भयो,’ उनले भने, ‘अहिले केपी ओलीजी सरकारमा आएपछि ऋण हृवात्तै बढेको थियो । तर अहिले कांग्रेसको नेतृत्वको सरकार छ । तिर्न नसकिने ऋण लिनु हुँदैन भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ, कांग्रेसको यो सरकार त्यसबारे सचेत छ ।’

उनले त्यसै कारण प्रधानमन्त्री देउवाले ऋणको बदला अनुदानलाई प्राथमिकतामा राखेको बताए । ‘देउवाजी सरकारको नेतृत्वमा आएपछि अब हामीले जथाभावी ऋण लिनु हुँदैन भनेर नीति लिनुभएको छ । उहाँले अनुदानलाई प्राथमिकता दिने, र उदार सर्तमा मात्रै ऋण लिने भन्ने नीति लिनुभएको छ,’ उनले भने, ‘श्रीलंकाको स्थितिमा पुग्छ कि भन्ने त्रास जुन फैलाइएको छ, सरकार त्यो अवस्था आउन नदिन सचेत छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार