चीन माथि आफनै नागरिकको निजी डाटा संग्रह गर्दै चीन

426 Shares

यितेन्द्र शर्मा
हालका दिनमा चीन आफना करोडौ नागरिकको व्यक्तिगत डाटा संकलन गरि रहेको समाचार प्रकाशित भईरहेका छन् । चिनिया सरकारका अनुसार उसले एउटा यस्तो प्रणाली विकसित गरिरहेको छ जसमा व्यक्तिको पहिचान सुुनिश्चित गर्न सरकारलाई मदद पुग्न सकोस । तर “न्युयोर्क टाइम्सले” लीक डाटाको स्रोतलाई उदध्रत गर्दै यसलाई सरकारद्धारा आफनै नागरिकको निगरानी गरि रहेको आरोप लगाएको छ ।
न्युयोर्क टायम्सलाई प्राप्त डाटावाट चीनको सर्भिलान्स क्षमताको वारेमा ज्ञात हुन्छ । यसको निम्ति चीनले कतिपय कम्पनी सित सर्भिलान्स प्रविधि उपलब्ध गराउनका लागि सम्झौता पनि गरेको छ । सरकार आफना नागरिकको बारेमा व्याप्क जानकारी राख्न चाहन्छ । देशभरि सिसि टिवी जडान गरि सकिएकै छ । खास गरिकन कोभीड–१९ का दौरान चिनिया सरकारले फोन ट्रेकिंग डिभाइसलाई लिंक गरी मानिसको अवस्था बारे ट्रैकको थाली गरेको थियो । चिनिया प्रशासन मुल रुपमा यस्तो जानकारी प्राप्त गर्न चार थरिका डाटा साधनको उपभोग गर्ने नीति बनाएको समाचार पत्रिकामा प्रकाशित छ । जस अनुसार क्यामरा, फोन ट्रयाक, डिएनए जाँच र अपराध बारे अग्रिम जानकारी पत्ता लगाउनु र अपराध रोक्नु रहेको छ ।
न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार डाटा संकलन गर्नुको एउटा कारण सामाजिक स्थायित्व र सरकारको माथि कुनै पनि किसिमको खतरा आउन नसकोस रहेको छ । चिनिया राष्ट्रपति शी जिनपिंगको सुरक्षा र पश्चिम क्षेत्र अशान्त शिनजियांगको बारेमा पत्ता लगाउन चीन बढी गम्भीर देखिन्छ । बामपन्थी देश चीनमा विगत सात–आठ दशक देखि एउटै पार्टीको शासन चल्दै आएको छ । चीनले आफना नागरिकको डाटा संकलनको निम्ति सरकारको एउटा सामान्य प्रकृयाको संज्ञा दिए पनि शेष विश्व खास गरिकन पश्चिमेली देशहरु यसलाई अलोकतान्त्रिक तथा मानव अधिकार विरोधीको संज्ञा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार