बौधी माईको वडाध्यक्ष विजय कुश्वाहा पक्राउ

   माघ ३०, २०७७  
882 Shares

रौतहट, ३० माघ । रौतहट प्रहरीले बौधीमाई नगरपाकिला वडा नम्वर १ को वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
बौधी माई नगरपालिका वडा नम्वर १ को वडाध्यक्ष विजय कुश्वाहा माथि सशस्त्र प्रहरीको विओपी बंकुलमा स्थानीयहरुलाई उचालेर आक्रमण गरी बरामद गरेको पशु चौपायालाई भगाएर अपराध गरेको अभियोगमा शुक्रवार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
वडाध्यक्ष जस्तो गरिमामय पदमा बसेर तस्करीको कार्यलाई बढावा दिएको तथा सिमा क्षेत्रमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको भैसी पाडालाई गत माघ १० गते बरामद गरेर विओपीमा राखी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय तर्फ पठाउनु अघि स्थानीयलाई उचाली विओपीमा आक्रमण गराएर बरामद गरिएको भैसी भगाएको तथा स्थानीयको आक्रमणबाट विओपीमा क्षति पुगेपछि शान्ति सुरक्षामा खलल पुर्याएकोमा उनी माथि पक्राउ पुर्जी जारी गरिएका थिए ।
पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष कुश्वाहा लुक्दै आएको भएपनि आज दिउसो प्रहरीले नियन्त्रणमा लिन सफल भयो । जिल्ला प्रहरी कार्यालय गौरमा आवश्यक अनुसन्धान पछि कार्यालय खुलेकै दिनमा उपस्थित हुने शर्तमा वडा नम्वर ६ को वडाध्यक्षको जिम्माजवानीमा कुश्वाहालाई अहिले छाडिएको जानकारी एसपी सिद्धीविक्रश शाहले दिए ।
वडाध्यक्ष कुश्वाहा सार्वजनिक पदधारण गरेको हुँदा निजलाई कार्यालय खुलेकै दिनमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडिए पनि कसुर अनुसारको कारवाही गरिने स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै