संकटग्रस्त श्रीलंकाका लागि ठूलो भूमिका भारतले खेलिरहेको छ ः सनथ जयसूर्या

243 Shares

कोलम्बो । चरम आर्थिक संकटको विच पिल्सिएका श्रीलंकालाई बाहिर निकाल्न भारतले ठूलो भूमिका खेलिरहेको पूर्व क्रिकेटर सनथ जयसुर्याले बताएका छन् ।
श्रीलंकामा आर्थिक र राजनीतिक संकटको बीचमा पूर्व क्रिकेटर सनथ जयसूर्याले भारतको सराहनिय भूमिकाको लागि सकारात्मक भएको बताएका हुन् । “भारतले संकटको सुरुदेखि नै धेरै सहयोग श्रीलंकालाई गरिरहेको बताए । त्यसको लागि श्रीलंकन नागरिक सहित हामी आभारी छौं,” उनले थपे ।
भारतले यसअघि श्रीलंकालाई यस वर्ष नै “३.८ बिलियन डलरभन्दा बढीको अभूतपूर्व आर्थिक सहयोग” विस्तार गरेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार