अमेरिकी प्रभाव कम गर्न र चीन नेपालमा कुटनीतिक सफलता हाँसिल गर्ने मनसायमा

352 Shares

काठमाडौं । नेपालमा अमेरिकी नितिको सामु चीनको कुटनीतिक रुपमा विफलता हाल लागेपछि पून ः यहाँ कम्युनिष्टहरुलाई एकजुट बनाएर चिनियाँ कुटनीतिकलाई सफल पार्न कम्युनिष्ट एकको राग अलापदै चाँडै चीनले आफना बरिष्ठ नेतालाई नेपाल पठाउने गृह कार्यमा जुटेका छन् ।

पछिल्लो पटक नेपाल मामिलामा आफ्नो उपस्थिति कमजोर भएको निष्कर्ष निकालेको चीनले भूराजनीतिक शक्ति सन्तुलन गर्न र आगामी निर्वाचनमा सम्भावित वाम एकताको अवस्था बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीलाई भ्रमणमा पठाउँदै छ। पछिल्लो पटक नेपालमा अमेरिकी प्रभाव बढ्नु, तिब्बती शरणार्थीले खुलेआम आफ्ना गतिविधि सञ्चालन गर्नु अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनपछिको परिणाम भनी चिनियाँहरूले आकलन गरेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएको चार महिना बित्न नपाउँदै चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं विदेश विभाग प्रमुख लिउ जियान्चाओ आइतबार काठमाडौं आउँदै छन्। चिनियाँ विदेशमन्त्री वाङ यी गत चैत ११ गते नेपाल आएका थिए।

चिनियाँ कम्युनिस्ट पार्टीको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार बिहान ११ बजेर ५ मिनेटमा एयर चाइनाको ४३७ नम्बर उडानबाट लिउ त्रिभुवन विमानस्थलमा ओर्लिंदै छन्। नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ। दूतावासले नै शीर्ष नेताहरूको सम्भावित भेट तय गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता पनि विदेश विभाग प्रमुख लिउको प्रतिनिधिमण्डलमा छन्। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख भएपछि लिउको यो पहिलो विदेश भ्रमण हो। उनले नेपालबाट विदेश यात्र सुरु गरेका छन्।

पार्टीको विदेश विभाग प्रमुख भएपछि लिउले असार ९ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरेका थिए। लगत्तै असार १६ मा लिउले परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरे। त्यसकै शृंखलास्वरूप नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न लिउ नेपाल आउन लागेको स्रोतले बतायो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।