सामान्य कुरामा भारत प्रति चासो देखाउने मुस्लिम राष्ट्रहरु चीनमा भईरहेका दमन शोषण विरुद्ध बोल्न सकेका छैनन्

289 Shares

नयाँ दिल्ली । चीनमा मुस्लिम अल्पसंख्यकहरु माथि भईरहेको बर्बर दमनको विरुद्ध मुख खोल्न नसक्ने मुस्लिम राष्ट्रहरु अहिले झिनो कुरालाई लिएर भारत विरुद्ध आफनो चरित्र यस्तै रहेको उदाँगो पार्नमा लागिपरेको छन् । मुस्लिम राष्ट्रहरु सधैभरी दोहोरो चरित्र देखाउन पछि परेको छ्रैनन् । यसको पुष्टि पटक पटक उनीहरुले गरिरहेको छन् । मस्लिम देशहरुको आफनो अनुकूल राजनीतिक लाभको हिसावले अर्को देशको आन्तरिक मामिलामा दखलअन्जा देखाउन खोज्ने बानी नै परिसकेको छन् ।

बीजेपी नेतृ नुपुर शर्माले पैगम्बर मोहम्मदलाई लिएर दिएको विवादास्पद बयानप्रति असन्तुष्टि व्यक्त गर्दै धेरै मुस्लिम देशले भारतसँग माफी माग्नुपर्ने माग गरेका छन् । इराक, इरान, कुवेत, कतार, साउदी अरेबिया, ओमान, मलेसिया, युएई, जोर्डन, अफगानिस्तान, पाकिस्तान, बहराइन, माल्दिभ्स, लिबिया, टर्की र इन्डोनेसियाले कम्तिमा १६ मुस्लिम राष्ट्रहरूले भारतको यो विवादास्पद बयानप्रति आधिकारिक विरोध जनाएका छन्।

साथै, इस्लामिक सहयोग संगठन अर्थात् ५७ मुस्लिम देशको संगठन ओआईसीले पनि नुपुर शर्माको भनाइको आलोचना गरेको छ ।

अहिले सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ कि भारतको विरुद्धमा झुटो बयान दिएर मोर्चा खोलेका अरब राष्ट्रहरु चीनले लाखौं उइगर मुस्लिममाथि भइरहेको अत्याचारमा किन मौन बसेका छन् । यी अरब देशहरूले चीनका उइगर मुस्लिमहरूलाई शोषण गर्नुको सट्टा समर्थन गरेको धेरै पटक देखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार