सम्भावित आर्थिक संकट बाट पार लगाउन पूँजी र प्रविधि भित्रर्याउन एनआरएन संग वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

258 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पनि आर्थिक संकटबाट जुध्ने संकतहरु देखा पर्न थालिएकोमा चिन्ता व्यक्त गरेको छ ।
कोरोना पछिको समयमा आर्थिक संकटको कारण विभिन्न क्षेत्रहरुमा मन्दीहरु भईरहदा त्यस्ता संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीको आवश्यत्ता रहेको हो ।
नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारण सभालाई लन्डनमा आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोरोनाबाट विश्वव्यापी परेको प्रभावबाट आर्थिक मन्दी तथा संकटका बादलहरु नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, तर त्यो समस्या हामी पनि झेलिरहेका छौँ उनले भने । नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसार भरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्रर्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नु भएको छ, त्यसको लाभ लिई र नेपालमा बढी भन्दा बढी लगानी गरेर संकटबाट मुक्त गराउन आग्रह गरे ।
सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा नकारात्मक समस्याहरु देखा परिरहेको र महंगी बढेको, त्यसको मारमा सारा नेपालीले खेप्नु परेको बताए । नेपालमा लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरु मध्ये नेपाल पनि एक रहेको उहाँको भनाई थियो ।
नेपालमा लगानीका धेरै सम्भावनाहरु रहेको र नेपालमा लगानीबाट धेरै भन्दा धेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश देखाए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरुले गैर आवासीय नेपालीहरु सँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि सुनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।