app zoom for windows zoom meeting login with id laptop webcam zoom download free download zoom.us zoom app download for pc uk

सशस्त्र प्रहरीद्धारा भारतीय कुखुरा बरामद गरी नष्ट

   २ फाल्गुन २०७७, आईतवार १४:३७  

रौतहट, २ माघ । सिमापारी भारतीयबाट कुखुरा लिएर अबैध रुपमा नेपाल प्रवेश गराउदै गरेको अवस्थामा आईतवार विहान सशस्त्र प्रहरीले रौतहटको बौधीमाईबाट नियन्त्रणमा लिएको छ ।
तिन वटा भारतीय नम्वरको मोटरसाइकलमा १८० किलोग्राम तौल भएको ६७ थान भारतीय कुखुरा लिएर नेपाल प्रवेश गराउदा बौधीमाईको नरकटियामा नियमति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेपछि मोटरसाइकल छाडी कुखुरा ल्याउने भरियाहरु भागेपछि बेवारिसे अवस्थामा उक्त तौल भएको कुखुरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ११ नम्वर गण रौतहटले जनाएको हो । बेवारिसे अवस्थामा बरामद गरिएको कुखुरा सहित मोटरसाइकलको मूल्याँकन २ लाख बराबरको रहेको बताइएको छ ।


बरामद गरिएको भारतीय कुखुरालाई पशु क्वारेन्टाइनको कर्मचारी, संचारकर्मी, स्थानीय जनप्रतिनिधिको रोहवरमा खाल्डोमा हाली नष्ट गरिएको तथा नियन्त्रणमा लिएको तिन वटा मोटरसाइकल आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरीको एसपी सुर्य सेन ओलीले जानकारी दिए ।
यसैगरी सिमापारीबाट भन्सार छलेर अबैध रुपमा भित्रयाइएको ७५ हजार मूल्यबराबरको चप्पल नियन्त्रणमा लिएको तथा विओपी गौरबाट सशस्त्र प्रहरी निरीक्षक विमल बानियाको कमाण्डमा गएको गस्ती टोलीले डेढलाख मूल्य बराबरको किराना, कष्मेटिक सहितको सामान बरामद गरेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको समेत उलने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै