रौतहट, २८ असार । रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित वागमती नदीमा डल्फीन माछा फेला परेको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरा स्थित वागमती नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा डल्फीन माछा फेला परेको हो । दुर्गा भगवती गापा २ घर भएका राजकुमार सहनीले वागमतीमा करेन्ट लगाउदा उक्त माछा भेटाएपछि विक्रीको लागि पिपराबजारमा ल्याए ।
पिपराबजार माछा विक्री गर्न राखेपछि मानिसहरुको भिड लागेका थिए । माछा मार्ने सहनीले प्रतिकिलो १ हजार मोल राखेपछि बजारमा आउने व्यक्तिहरु हेरेर फर्किने गरेको स्थानीयले बताए । माछाको तौल करिव ११ किलोग्राम तौल रहेको छ । यदी डल्फीन हो भने विक्री गर्न र खान दुबै प्रतिबन्ध रहेको स्थानीयहरु बताउँछन् ।
माछा विशेषज्ञ राधेश्याम झाको अनुसार यो, “डल्फीन माछा नै हो, यसको संरक्षण गर्नु पर्दछ, मार्नु ठूलो अपराध हो” । समुद्रबाट भारत हुदै नेपाल तिर आएको हुँदा यसलाई संरक्षण गर्नु पछै उनले तराई टप संग भने । डल्फीन संरक्षण धेरै स्थानहरुमा भईरहदा यहाा पनि यस्ता प्रजातीको माछाको संरक्षण गरेर आन्तरिक पर्यटनलाई टेवा पुर्यानुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले माछालाई नियन्त्रणमा लिइसकेका छौ र आवश्यक अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई खवर गरिसकेको बताए । दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहले सोमवार दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा नजिक यस्तै प्रजातीका थुप्रै माछाहरु देखिएको बताए । यदी डल्फीन नै हो दुर्गा भगवती क्षेत्रमा माछा मार्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने बताए । प्राय ः माछा पानीको धारको विपरित हिड्ने गर्दछ त्यसै हुनाले यी प्रजातीको माछा भारतबाट नेपाल तिर आएको हुन सक्ने आशंका समेत व्यक्त गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन