काठमाडौं, २९ असार । आइएमई “पे एप” बाट हवाई टिकट काटौं “सुन चाँदीको सिक्का जितौं” योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना विजेताको नाम घोषणा गरिएको छ ।
आइएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडको प्रवद्र्धित आइएमई पे ले हवाई टिकट काटौं “सुन चाँदीको सिक्का जितौं” ल्याएको अफर योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम आज सार्वजनिक गरेको हो ।
अफर योजना अन्तर्गत पहिलो दुइ सातामा एक भाग्यशाली बिजेता सन्देश श्रेष्ठ छानिएको छ भने दोस्रो दुइ साताको भाग्यशाली बिजेता रामपुकार महतोलाई सुनको सिक्का परेको आइएमईले जनाएको छ । दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकेट काटेको थियो । योजना अवधि भर हवाई टिकट काट्ने यात्रुहरु मध्य चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको बिजेताको नाम आइएमई पे को फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको छ ।
जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट लिएका यात्रुहरु मध्ये योजना अवधिभरी हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् ।
उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढि रुचाएको यातायात माध्यम हुन पुगेको छ । आरमदायी र छिटो यात्रा गर्नको लागि अहिले कंयौँ यात्रुहरुले हवाई उड्डयन माध्यमलाई नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पे ले यस्ता योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।