टाटा सुमोको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

419 Shares

रौतहट, ३० असार । रौतहटको दुर्गा भगवती गाउँपालिकामा असार २० गते सोमवार अबेर साझ टाटा सुमोको ठक्करबाट गम्भीर घाईत भएका महिला संगिता पाण्डेको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया गाउँमा घरअगाडी बसेर कुरा गरिरहेको अवस्थामा ना. ४ च. १०३१ नम्बरको टाटा सुमोले ठक्कार दिदा स्थानीय ६० बर्षिय भरोसी महतोको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा गए राति मृत्यु भएका थिए भने अर्का घाइते ४० बर्षिया महिला पाण्डेको उपचार वीरगञ्जमा हुन नसक्दा काठमाडौंमा भएको थियो ।
पाण्डेको उपचारकै क्रममा बुधवार मृत्यु भएको स्थानीयहरुले बताएका छन् । मृतक महिलाको माईती घरमै बसेर राहत शिक्षिकाको जागिर खाँदै आएका थिए । अत्याधिक मदिरा सेवन गरेर गाडी गुडाइरहदा उक्त घटना भएको स्थानीयहरु बताउँछन् ।
घाईते मध्ये दुर्गा भगवती गापा २ भलोहियाकै ६० बर्षिय रामजी दासको शुकदेव चोकमा रहेका शिवदर्शन अस्पतालमा उपचार भईरहेको उनको खुटा भाँचिएर अहिले सम्म ज्यान जोगिएको छ ।
ठक्कर दिने टाटा सुमो र दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाका राजेन्द्र प्रताप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार