सगरमाथा इन्स्योरेन्स र लम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी मर्ज

325 Shares

काठमाडौं, ३० असार । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज भएको छ ।
विमा सम्बन्धी प्रचलित ऐन र विमा समितिबाट जारी विमक गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशका, २०७६ (संशोधन सहित) तथा विमा समितिको निर्देशन अनुसार भाभ्ने गाभिने तथा प्राप्ती गर्ने नीति निर्देशन अनरुप सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज भएको हो ।
संघिय राजधानी काठमाडौको ज्ञायानेश्वर स्थित काभेरी होटल इनमा विहिवार आयोजना गरिएको एक कार्यक्रमका विच दुबै इन्स्योरेन्स कम्पनीले मर्ज गर्ने आधिकारीक रुपमा हस्ताक्षर गरे । सगरमाथा इन्स्योरेन्सको तर्फबाट मर्जर समितिका संयोजक लोकमान्य गोल्छा र लुम्बिनी इन्स्योरेन्सको तर्फबाट मर्जर समितिका संयोजक अरुणराज श्रेष्ठ विच हस्ताक्षर भई मर्जरको औपचारिक प्रक्रिया सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार