काठमाडौं । उत्तर छिमेकी मुलुकको नेपालमा राजनीतिक सक्रियता एवं दखलअन्दाजी बढ्दै गएको छ । पछिल्लो समयमा चीनको कुटनीतिक वफलताबाट अत्तालिएका सीपीसी का अधिकारीहरु विदेश विभागको प्रमुखमा नयाँ व्यक्तिलाई छनौट गरेर एक प्रतिनिधि मण्डल सहितको टिम नेपाल पठाएका थिए ।
नेपालमा चिनियाँ रणनीति सफलता तर्फ अघि बढिरहेकै वेला अमेरिकी परियोजना एमसीसी पारित गर्दा चीनको कुटिल चाल नेपालमा विफल भए । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी सहितका अथक प्रयास विफल भए अन्तत नेपालबाट चिनको रणनीति तत्कालको लागि समाप्त भए । नेपालमा आफनो प्रभुत्व जमाउन र विश्वास दिलाई सबै कम्युनिष्टहरुलाई एक ठाउमा पुन ः मिलाउने अभिप्रायले सीपीसीका विदेश विभाग प्रमुख चाओको नेपाल भ्रमण भएको बुझिन सकिन्छ ।
२०७४ सालदेखि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को चहलपहल निकै नै बढेको हो । चिनियाँ अधिकारीहरुकै कारण नेपालमा तत्कालीन अवस्थामा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा पार्टी बनेको थियो ।
सत्ताको रसास्वादनमा डुबेपछि झण्डै दुई तिहाईको दल एकाएक टुक्रियो र पुरानै अवस्थामा पुगे । जसका कारण हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको अवस्था निकै खस्कियो । माओवादीले नेपाली कांग्रेस र सत्ताधारी गठबन्धनसँग चुनावी तालमेल गरेपछि सुधार ल्यायो ।