zoom 3.5 download zoom deb download download and install zoom for windows zoom install zoom download cho pc

कोभिड विरुद्ध लगाउने दोश्रो चरणको खोप अभियान रौतहटमा सुरु

   ३ फाल्गुन २०७७, सोमबार १५:१५  

रौतहट, ३ फागुन । कोभिड विरुद्ध लगाउने दोश्रो चरणको खोप सोमवार देखि रौतहटमा सुरु भएको छ ।
सिरम इन्ष्टिच्यूटद्धारा उत्पादित कोभिड विरुद्ध लगाउने कोभि सिल्ड नामक खोपको भ्याक्सिन भारत सरकारद्धारा नेपाल सरकारलाई उपलब्ध गराइएपछि उपत्यका बाहिर रौतहटमा आज देखि दोश्रो चरणको खोप लगाउने अभियान सुरु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहट गौरमा सुरु गरिएको दोश्रो चरणको अभियान अन्तर्गत फ्रन्ट लाईनमा खटिएर सेवा प्रवाह गर्दै आएको संचारकर्मी, सिमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मी, निजामती कर्मचारी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सफाईकर्मी लगायतको क्षेत्रमा कार्यरतहरुलाई खोप लगाइएका छन् ।

नेपाल पत्रकार महासंघ र नेपाल फोटो पत्रकार महासंघ संग आबद्ध रहेका संचारकर्मीहरु, उक्त संस्था संग आबद्ध नभएपनि संचारक्षेत्रमा कार्यरत संचारकर्मीहरुलाई खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटको खोप फाँटको प्रमुख अनिल कर्णले जानकारी दिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट जोगाउन भारतको पुणेमा उत्पादन भएको कोभी सिल्ड नामक भ्याक्सिन भारत सरकारले नेपाली जनताको लागि उपहार स्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको र नेपाल सरकारको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले देशै भरीको स्वास्थ्य कार्यालयमा उक्त खोप पठाई फ्रन्ट लाइनमा खटिनेहरुलाई प्राथमिकता दिएर खोप लगाउने अभियानको दोश्रो चरण अन्तर्गत खोप लगाइएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय गौर र चन्द्रपुर अस्पताल गरी दुई स्थानमा खोप सेन्टर बनाएर खोप लगाउने कार्यको थालनी भएको जानकारी दिदै खोप फाँटको प्रमुख तेश्रो चरणमा गाउँ गाउँमा खोप केन्द्र बनाई सर्वसाधारणलाई खोप दिने व्यवस्थापन प्रति स्वास्थ्य मन्त्रालय मापदण्ड बनाइरहेको उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै