दुर्गा भगवती, ३१ असार । वागमती नदिमा नहाउने क्रममा डुवेर बेपत्ता भएको दुई बालकको शव फेला परेको छ ।
ज्ञानोदय ईगलिश बोडिंग स्कूलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गापा ३ मत्सरीका मनोज झाको १३ बर्षिय छोरा हर्ष झा र वडा नम्बर २ भलोहियाका गोवरी दासको नाति बर्ष १३ को आदित्य दसको शव फेला परेको हो ।
दुबै बालक सहित ६ जना हिजो विहिवार योजना बनाएर पाठ्यपुस्तक लिई वागमती नदिमा नुहाउन विहान साढे ७ बजे गएका थिए । केही समयपछि अभिभावक हरु खोजतलास गर्दै जाँदा लुगा, पाठ्यपुस्तक, साईकल, चप्पल बागमती किनारबाट बरामद भएपछि हिजो ११ बजे देखिनै गाउपालिका प्रमुखको सक्रियतामा खोजतलास सुरु गरियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सहित स्थानिय बासिन्दाहरु निकै खोजतलास गरेपनि राति हुदा खोज्ने अभियानलाई विश्राम दिईयो ।
शुक्रबार विहानै देखि खोज्ने अभियान अन्तर्गत दुर्गा भगवतिकै वडा नम्बर ३ देखि दक्षिणमा बालक दासको र वडा नम्बर ५ बडहर्वा नजिक निर्माणाधीन पुलको पाया बालक झाको शव बरामद भएको वडा नम्बर ३ मत्सरीका अध्यक्ष डिके झाले बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन