320
Shares
सर्लाही, ३१ असार । सर्लाही सदरमुकाम मलंगवाबाट प्रहरीले स्रोत नखुलेको सबा पाँच लाख रुपैया सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत विहार राज्यको सीतामढी जिल्ला कन्हौली थाना अन्तर्गत पर्ने रामनगरा ११ बस्ने बर्ष ३० को विजय ठाकुरलाई श्रोत नखुलेको रकम सहित सर्लाही प्रहरीले विहिवार दिउसो मलंगवाबाट पक्राउ गरेको हो ।
मलंगवा प्रहरीले ठाकुरलाई बीआर ३० एक्स ५५४४ नम्वरको भारतीय मोटरसाइकलमा भारत तर्फबाट आउँदै गर्दा मलंगवा नगरपालिका ८ स्थित गोरखकालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठाकुरले लगाएको हेलमिटभित्र लुकाएर राखेको श्रोत नखुलेको ५ लाख ११ हजार ५ सय नेपाली रुपैयाँ र ५ हजार भारतीय रुपैयाँ सहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । आवश्यक अनुसन्धानको लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन